coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टहरोमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

आगलागी पछि खरानी भएको करे लुहारको टहरो । तस्बिरः नागरिक

बैतडी– पातलो अग्लो शरीर गाउँगाउँ डुलेर माग्दै, मजदुरी गरेर गुजारा गर्ने पुर्चौडी नगरपालिका–५, सलकाटैका ४५ वर्षीय करे लुहार उनकी श्रीमती ४० वर्षीया बिन्नरा र ८ वर्षीय छोरा मजोज बुधबार बेलुका खाना खाएर सुते। पुर्चौडी नगरपालिका–७, गिरिजाबगर छेउको टहरोमा आगलागी हुँदा तीनै जना सदाको लागि कहिलै नउठने गरेर सुते।

७ वर्षयता पुर्चौडीको हाट आसपासमा मजदुरी र मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार पछिल्लो समय गिरिजाबगर छेउको बसपार्कमा काठको सानो टहरो बनाएर बस्दै आएका थिए। आर्थिक अवस्था कमजोर अन्य सीप नहुँदा उनको परिवार मागेर गुजार गर्दै आएको थियो। गाउँगाउँ डुलेर मागेर हिँडने करे गीत गाएर मनोरञ्जन पनि गराउथें। बाँस, प्लाष्टिक र कार्टुनले बनाएको टहरोमा एक्कासी आगो लाग्दा क्षणभरमै खरानी भएको स्थानीय बताउँछन्। 

बेलुका खाना खाएर सुतेका तीनै जनाको चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा मृत्यु भएको हो। बुधबार राति करिब पौने १० बजेतिर आगो लागेको भए पनि लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नेत्रमणी गिरीले जानकारी दिए। उनले भने, ‘बसपार्क छेउमै रहेको टहरामा आगलागी हुँदा प्रहरी र स्थानीय पुगेका थिए। तर आगो सल्किसकेकाले बचाउन सकिएन, शव मात्रै बाहिर निकाल्न सकियो।’

आगो नियन्त्रणमा लिए पनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए। घटनास्थल सदरमुकामबाट करिब १९ कोष उत्तरपूर्वमा रहेको  छ।

प्रकाशित: ९ जेष्ठ २०७६ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App