अझैं पुगेन २८ स्थानीय तहमा बैंक

बिहिबार, ०९ जेठ २०७६, १८ : ०० नागरिक

काठमाडौं– देशभर कूल  २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्।

सरकारले आम नेपालीलाई वित्तीय पहुँच पु-याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य बैंकको शाखा पु-याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ। केन्द्रीय बैंकले स्थानीय तह नै तोकेर कूल २८ वटा वाणिज्य बैंकलाई जिम्मेवारी दिएको छ।

नेपालको संविधानले सङ्घीय, प्रदेश तथा स्थानीय सरकार गरी तीन तहको सरकारको व्यवस्था गरेको छ। स्थानीय सरकार नै जनतासँग जोडिने बलियो सरकार भएकाले पनि वित्तीय पहुँच जरुरी रहेको भन्दै धमाधम बैंकका शाखा खोल्न अभिप्रेरित गरिएको हो।

राष्ट्र बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये चालू आवको नौ महीनाको अन्त्यसम्म १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्। उक्त प्रदेशमा मात्रै तीन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छन्। प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये कूल १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्। सो प्रदेशका दुई स्थानीय तहमा बैैंकको शाखा पु-याउने योजना केन्द्रीय बैंकको छ।

राष्ट्र बैंकका अनुसार प्रदेश नं ३ का कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। राजधानी आसपासको यस प्रदेशमा मात्रै दुई स्थानीय तहमा बैंकको शाखा खोल्न बाँकी रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्म नयाँ शाखा खोल्ने योजना रहेको छ।

गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन् । मात्रै दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन्। प्रदेश नं ५ को भने कूल १०९ स्थानीय तह सबैमा बैंकका शाखा खुलेका छन्। सबै स्थानीय तहमा बैंकको शाखा पु-याएर वित्तीय पहुँचमा अग्रणी प्रदेशको रुपमा प्रदेश नं ५ स्थापित भएको छ। आर्थिक विकासको दर समेत सोही प्रदेशमा बढी रहेको छ।

राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये हालसम्म मात्रै ६७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। कूल १२ स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन्। भौगोलिक कठिनाइ तथा सूचना तथा सञ्चार प्रविधिको विस्तार नभएका कारण पनि बैंकको शाखा खोल्न कठिनाइ भएको पाइएको छ।

त्यस्तै सुदूरपश्चिमका कूल ८८ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा बैंकका शाखा खुलेका छन्। मात्रै सात स्थानीय तहमा बैंकको शाखा नखुलेका भए पनि निकट भविष्यमा नै बैंकको शाखा पु-याउने लक्ष्य राखिएको छ।

राष्ट्र बैंकका अनुसार देशभर वाणिज्य बैंकका मात्रै तीन हजार ३०९ वटा शाखा रहेका छन्। यस्तै विकास बैंक एक हजार २२४, वित्त कम्पनी २०३, लघुवित्त वित्तीय संस्थाका तीन हजार ४६९ शाखा सञ्चालनमा रहेका छन्। सबैं बैंक तथा वित्तीय संस्थाका गरी कूल आठ हजार २०५ शाखा सञ्चालनमा छन्। यस्तै पछिल्लो पटक पूर्वाधार विकास बैंकसमेत सञ्चालनमा आएको छ। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...