coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोल्पामा धमाधम यार्सागुम्बा चोर पक्राउ

डोल्पा–बहुमुल्य जडिबुटी यार्सगुम्बाको भण्डार क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला डोल्पाबाट यो वर्ष यार्सागुम्बाको अवैध रुपमा चोरी गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन्।

यार्सागुम्बा संकलनको मिति नजिकिदै जाँदा यार्सापाटनहरुमा सुरक्षा गस्ती बढाएपछि अवैध चोरी गर्नेहरु धमाधम पक्राउ पर्न थालेका हुन। यो वर्ष डोल्पाका यार्सापाटनहरु जेठ १३ गतेबाट खुला हुने भएका छन।

यार्सापाटन खुला हुने दिन नजिकिदै जाँदा शे फोक्सुण्डो गाउँपालिका ७ मा पर्ने पुग्मो गाउँ क्षेत्रमा पर्ने रमाना भन्ने यार्सा पाटनबाट १३ जनालाई निकुन्ज कर्मचारी र नेपाली सेनाको गस्ती टोलीले पक्राउ गरेको छ। पछिल्लो समय रमाना यार्सापाटनबाट पक्राउ पर्नेमा सबैजना डोल्पा जिल्लाका भएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको कार्यालय सुलिगाडले जनाएको छ।

पक्राउ पर्नेमा खगेन्द्र रोकाया नरेन्द्र बोहरा ,राजेन्द्र बोहरा ,हिरालाल बोहरा ,रहेका छन्। त्यस्तै, मुड्केचुला गाउँपालिका ९ का जंगबहादुर बुढा, तुलाचन्द्र बुढा, हेमन्त बुढाथोकी ,तुलबहादुर सार्की, गोर विटालु,राजेन्द्र बसढामगर मुलालाल बिक, डिलुक, नेपाली र मित्रा बुढा रहेको निकुन्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।

उनीहरुसँग ३ सय ४ थान यार्सागुम्बा ३ थान मोबाइल, २ थान कुट्टो बरामत गरिएको पनि निकुन्जले जनाएको छ।

बुधबार पक्राउ परेका सबैलाई निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ को उपदफा १ को खण्ड ङ अनुसार कारवाही हुने पनि संरक्षण अधिकृत यादवले बताए।

वैशाख देखि नै हालसम्म नेपाली सेना र निकुनज कर्मचारीहरुको संयुक्त टोलीले बिभिन्न यार्सापाटनहरुमा गस्ती गरिरहेको छ भने उक्त समयमा ६० भन्दा बढी यार्सागुम्बा चोर पक्राउ गरिसकेको छ।

डोल्पाका यार्सागुम्बा पाटनहरु जेठ १३ गतेबाट एकैसाथ खोल्ने निर्णय भए पनि संकलकहरुलाई पाटन बेस क्याम्पहरुमा जान सजिलो होस भनेर जेठ १० गतेबाट प्रवेश अनुमति दिन शुरु गरिने पनि निकुन्जले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App