८ वैशाख २०८१ शनिबार
राजनीति

प्रेस काउन्सिल सम्वन्धी विधेयक फिर्ता लिन सम्पादकहरुको माग

काठमाडौं-  सरकारले संसदमा पेश गरेको प्रेस काउन्सिल सम्वन्धि विधेयकले पूर्ण प्रेस स्वतन्त्रताको संकुचन गर्ने भन्दै सम्पादकहरुले विरोध गरेका छन्।

२१ जना सम्पादकहरुले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म-भावना विपरीत भएको बताएका छन्।

सम्पादकहरुले नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्थाले विधेयकको विरोधमा गरेको आन्दोलनप्रति ऐक्यवद्धता समेत जनाएका छन्।

सरोकारवालाहरुसँग कुनै छलफल नगरी प्रेसमाथी सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँग परामर्श मार्फत यो विषय सम्वोधन गर्न समेत सरकारसँग सम्पादकहरुले माग गरेका छन्।

पत्रकारिता क्षेत्रका असंगत र असंयमित अभ्यासप्रति सचेत भएको भन्दै उनीहरुले त्यस्ता समस्या सम्वोधन गर्ने विधि विकासको आवश्यकता बारे प्रस्ट भएको समेत बताएका छन्।

वक्तव्य जारी गर्ने सम्पादकहरुमा अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुईंटेल, दिलभुषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापा छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App