१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्तब्यस्त भीआइपी सडक

काठमाडौं - सातदोबाटो गोदावरी सडक जिर्ण बन्दै गएको छ। भीआइपी सडकका नामले परिचित सडक जिम्मेवार निकायले चासो नदिँदा जिर्ण बन्दै गएको हो। ललितपुर महानगरपालिको हात्तीवन हरिसिद्धि सडकखण्डको अवस्था पनि उस्तै छ।

साँघुरो र खाल्डाखुल्डी भएको सडकमा दैनिक तीन चार घण्टा नियमित जसो सवारीका लाम लाग्छ। हरिसिद्धि मोडमा हेवि गाडीहरु दोहोरो रुपमा पास हुन सक्दैनन्। यस्तै महानगरको वडा नम्बर २८ र २९ भित्र पर्ने सडक, गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाको सीमानामा पर्ने पानी ट्याङ्की नजिकैको सडक, गोदावरीको वडा नम्बर १४ र ३ मा पर्ने यो लगायतका ठाउँका अधिकांस सडक अस्तब्यस्त नै छन्।

उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तार गरी कालोपत्रे गर्ने जिम्मा लिएको भएपनि समयमा टेन्डर नगर्दा यहाँका स्थानीयले दुःख पाएका छन्। सडक मर्मत गर्न स्थानीय सरकार, सडक डिभिजन कार्यालय ललितपुर, उपत्यका सडक विस्तार आयोजना र ठेकेदार कम्पनी कसैले पनि खासै चासो दिएका छैनन्।

निर्वाचनका बेला घरघर पुगेर सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता विकासका आधारभूत आवश्यकता पूरा गर्ने सपना देखाएका रानजनीतिक नेतृत्वले अहिले फर्केर नहेरेको स्थानीयको गुनासो छ। दयनिय अवस्थामा रहेका सडकको तत्कालै मर्मत गर्नुपर्ने पनि उनीहरुको भनाई छ।

प्रकाशित: ९ जेष्ठ २०७६ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App