७ वैशाख २०८१ शुक्रबार
कला

पत्रकारलाई सम्मान र पुरस्कार

काठमाडौं – चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २० औं वर्षको अवसर पारेर दुई सञ्चारकर्मीलाई सम्मान तथा तीनलाई पुरस्कार प्रदान गरेको छ । मंगलबार साँझ राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले रंग पत्रकारहरूमा नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता सम्मान’ बाट सम्मानित गरे । उनीहरूले सम्मानसँगै सम्मानपत्र, दोसल्ला र ट्रफी प्राप्त गरे ।

यस्तै, यो वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकारद्वय शारदा थापा र कुबेर गिरी पुरस्कृत भए । थापा र गिरीलाई २१ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो । यस्तै, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट फोटोपत्रकार विनोद पोखरेल पुरस्कृत भए । उनले ल्यापटपसँगै ट्रफी पाए । कार्यक्रममा सञ्चारमन्त्री बासकोटाले फिल्म क्षेत्रको विकासका लागि रंग पत्रकारहरूको योगदान उल्लेखनिय रहेको बताउँदै चाडै नै बक्स अफिस लागु हुने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले फिल्म क्षेत्रको विकासका लागि रंग पत्रकारको योगदानको चर्चा गरे ।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App