८ वैशाख २०८१ शनिबार
कला

लम्साल र खड्गी सम्मानित

मकवानपुर – ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साल सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरले २० औं चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई मंगलबार हेटौंडामा ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै, ‘चलचित्रकर्मी सम्मान २०७६’बाट द्वन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गी सम्मानित भएका छन् । पारिवारिक समस्याले कार्यक्रममा अनुपस्थित उनलाई अन्य कार्यक्रममा सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

तीन दशकदेखि नेपाली कला, भाषा र चलचित्र क्षेत्रमा कलम चलाउँदै आएका लम्साल हाल रेडियो नेपालमा कार्यरत छन् भने गृह नगर हेटौंडाका खड्गीले दर्जनौ नेपाली फिल्ममा द्वन्द निर्देशनसँगै अभिनयसमेत गरेका छन् । यसैबीच, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट पत्रकार रोशन पराजुली पुरस्कृत भएका छन् । स्थानीय र राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत उनलाई नगद ५ हजार रुपैंयाँसहित पुरस्कृत गरिएको हो ।

सम्मानित हुनेहरूलाई नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, प्रदेश सांसद प्रेमबहादुर पुलामी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलगायतले नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए ।
 

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App