coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘लुकीछिपी’मा मुकुन

काठमाडौं – फिल्म ‘बुलबुल’का नायक मुकुन भुषाल उर्फ ‘चोपेन्द्र’ले अभिनय गरेको ‘लुकीछिपी किन मायामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मुकुनले नायिका तथा मोडल सुरबिना कार्की फिचर्ड छन् ।

गणेश सेन्चुरीको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा मुकुन र सुरबिनाको अव्यक्त प्रेमलाई देखाइएको छ। गाउँले परिवेशमा तयार पारिएको भिडियोमा नविन चौहानको निर्देशन छ ।
भिडियोमा मुकुन र सुरबिनासँगै मनिष तामाङ तथा अनु काफ्ले फिचर्ड छन् । भिडियोमा निशल पौडेलको छायांकन, भीम विश्वकर्माको सम्पादन छ ।
गीतमा कोबिद बज्रको म्युजिक एरेन्ज, मिक्सिङ र मास्टरिङ छ भने सार्दुल श्रेष्ठको साउन्ड इन्जिनियरिङको काम गरेका छन् । भिडियोमा संजीब रत्न शाक्यले रंग संयोजन गरेका छन् । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App