८ वैशाख २०८१ शनिबार
कला

पुस्तकमा किराँत संस्कृति

खोटाङ – खोटाङमा ‘किराँत इतिहास र संस्कृति’ नामक शोध र खोजमूलक पुस्तक विमोचन गरिएको छ। किराँत संस्कार र संस्कृतिको खोज तथा अनुसन्धानमा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ८० वर्षे पर्खनबहादुर राईले लेखेको पुस्तक हालै विमोचन गरिएको हो।

किराँत राई यायोक्खा खोटाङको आठौं सम्मेलन उद्घाटनका क्रममा यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाललगायतले पुस्तक विमोचन गरेका हुन्।

किराँत राई यायोक्खा खोटाङले प्रकाशन गरेको २ सय १६ पृष्ठको पुस्तकमा किराँत इतिहास, किराँत गढी, किराँत राईको संस्कार, किराँत राई संस्कृति, किराँत चाड, धर्म र दर्शनलगायतको बारेमा अनुसन्धात्मक लेख समेटिएका छन्।

विमोचन गरिएको पुस्तकका बारेमा बुद्धिजिवी वीरबहादुर राईले समिक्षा गरेका थिए। सन् १९६३ मा भारतीय सेनामा भर्ना भएर सन् १९९१ मा अवकास पाएका लेखक राई हाल किराँत संस्कार संस्कृतिको खोज, अनुसनधान र सामाजिक कार्यमा क्रियासिल छन्। वि.सं. १९९६ साल पुष १७ गते जन्मिएका राईले यायोक्खालाई ४ सय २० थान पुस्तक र पुस्तक प्रकाशनका क्रममा बाँकी रहेको रकम हस्तान्तरण गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App