coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फेरि रोनाल्डो र मेसीको प्रतिस्पर्धा

 

जुरिच(रोयटर्स)– बालोन डी’अरले सोमबार सार्वजनिक गरेको ३० जना खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी दुवै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार मेसीले कीर्तिमानी पाँचपटक बालोन डी’अरको उपाधि जितिसकेका छन् भने रियाल मड्रिडका पोर्चुगिच रोनाल्डोले मेसीलाई पछ्याइरहेका छन् । रोनाल्डोले तीन पटक उपाधि जितेका छन् । २००७ मा एसी मिलानका स्टार काकाले उपाधि जितेयता प्रत्येक वर्ष दुई जनाबीच तीव्र प्रतिस्पर्धा हुँदै आएको छ ।

नयाँ सिजन भर्खरै सुरू भएको छ । तर रोनाल्डोप्रेरित पोर्चुगलले फ्रान्समा सम्पन्न युरो २०१६ को उपाधि उचालेको थियो । त्यसैले उनलाई उपाधिको प्रबल दाबेदारमा हेरिएकोछ । 

रियालबाट सूचीमा परेका ६ खेलाडीमध्ये रोनाल्डो एक हुन् । अन्यमा वेल्सका गारेथ बेल, जर्मनीका टोनी क्रुस, क्रोएसियाका लुका मोड्रिच, स्पेनका सर्जियो रामोस र पोर्चुगलकै पेपे छन् । युरोपियन च्याम्पियन रियालबाट सबैभन्दा धेरै खेलाडी परेको छ ।

बार्सिलोनाबाट मेसीसँगै अग्रपंक्तिका नेइमार र लुइस स्वारेज पनि शीर्ष ३० जनामा परेका छन् । यो ‘एमएनएस’ को समूहले गत सिजन १ सयभन्दा धेरै गोल गरेका थिए । यी तीनसँगै अन्द्रियास इनिइस्टा पनि सूचीमा समावेश छन् ।

त्यस्तै अविश्वसनीय रूपमा गत सिजन इङलिस प्रियिमर लिगको उपाधि जितेको लेस्टर सिटीका फरवार्ड जेमी भार्डे र अल्जेरियाका मिडफिल्डर रियाद मेहराजले पनि शीर्ष ३० मा स्थान बनाएका छन् ।

युरोप र दक्षिण अमेरिकी बाहेकका राष्ट्रबाट शीर्ष ३० मा पर्ने मेहराज र बोरुसिया डर्टमन्डका पिरे–इमेरिक औबमेयाङ मात्र हुन् । औबमेयाङ गाबोनका फरवार्ड हुन् ।

फ्रान्स र अर्जेन्टिनाबाट सबैभन्दा धेरै ४–४ खेलाडी परेका छन् । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानसँगै ह्युगो लोरिस, दिमित्री पायेट र पाउल पोग्बा छन् भने अर्जेन्टिनाबाट मेसी, गोल्जालो हिग्विन, सर्जियो अग्विरो र पाउलो डिबाला३० भित्र परेका छन् ।

फ्रान्स फुटबल म्यागजिनले १९५६ यता प्रत्येक वर्ष बालोन डी’अर अवार्डबाट खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । विजेतालाई जनवरीमा विशेष समारोहबीच अवार्ड प्रदान गरिनेछ।

प्रकाशित: १० कार्तिक २०७३ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App