हत्याको बदला जनताले लिने विप्लवको चेतावनी

बिहिबार, ०९ जेठ २०७६, १२ : ०७ नागरिक

काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई गिरफ्तार गरी हत्या गरेको आरोप लगाएको छ। साङ्गठनिक कामको सिलसिलामा हिँडिरहेको बेला गिरफ्तार गरी भिडन्तको नाममा हत्या गरिएको नेकपाको आरोप छ। महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले हत्या गरेर जनशक्ति रोक्न खोजेको आरोप लगाउँदै त्यो सपना मात्रै हुने जनाएका छन्।

'हत्याको सहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन। विज्ञप्तिमा भनिएको छ, जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।' साथै तीर्थराज हत्याको छानविन गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ। गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कूचेष्टा सरकारले गरेको नेकपाको ठहर छ।

उसले प्रतिबन्ध, धरपकड र हत्या हिंसाका विरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ। कार्यक्रमअन्तरगत जेठ १० र ११ गते भण्डाफोर र कोणसभा गर्ने, १२ गते देशव्यापी मसाल जुलुस गर्ने र १३ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ।

षडानन्द नगरपालिका २ का घिमिरेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरीको गोली लागेर घाइते घिमिरेको मंगलबार उपचारको क्रममा ज्यान गएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad