४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

अल्जेरिया र अर्जेन्टिना औलोमुक्त

जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ। उनीहरूलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

औलोमुक्त घोषणा गरिएका देशमध्ये अल्जेरिया दोस्रो अफ्रिकी मुलुक हो। यसअघि अफ्रिकाको मौरिससलाई सन् १९७३ मा औलो मुक्त मुलुकको प्रमाणपत्र प्रदान गरिएको थियो।त्यसैगरी अर्जेन्टिना पनि औलोमुक्त घोषणा गरिएका देशमध्ये दोस्रो अमेरिकी मुलुक हो। उरुग्वेलाई यसअघि नै विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा औलोमुक्त देश घोषणा गरेको थियो।

डब्लुएचओले यसअघि पनि केही देशलाई औलोमुक्त देशको रूपमा घोषणा गरिसकेको छ भने अन्य कतिपय देशलाई घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ। औलोमुक्त देश घोषणा गर्नका लागि डब्लुएचओले विभिन्न मापदण्ड बनाएको र ती मापदण्ड पूरा गरेपछि मात्रै घोषणा गर्ने व्यवस्था गरिएको छ।
 

प्रकाशित: ९ जेष्ठ २०७६ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App