८ वैशाख २०८१ शनिबार
विचार

जेल जात्रा

पहुँच र प्रभावका बलमा जेलका कैदीबन्दीले कडाभन्दा कडा नियमको धज्जी उडाउनु नौलो प्रसंग होइन। लामो जेलजीवन बिताएर राजनीतिको उच्च पदमा पुगेकाहरूले यो विषयलाई यदाकदा खुलाएका पनि थिए। राजनीतिका प्रभावशाली व्यक्तिहरूले जेलमा बस्दाको स्मरण पुस्तक र भाषणमार्फत सार्वजनिक गर्दा पहुँचवालाका लागि जेल कति आरामदायी हुन्थ्यो भनी उल्लेख गरेका थिए। नेपाली समाजमा धेरैवटा राजनीतिक परिवर्तनहरू भए तर कारागारभित्रको बेथितिमा अझै सुधार आउन सकेन। कारागारमा ‘सानालाई ऐन र ठूलालाई चैन’को परिपाटी अझै व्याप्त छ। जेलभित्र पैसा र पहुँच भएकाहरूकै बोलवाला हुने गरेको तथ्य बेलाबेलामा खुल्ने गरेको छ। त्यस्तै तथ्य एउटा भिडियो रेकर्डले बाहिर ल्याएको छ। जबर्जस्ती करणी मुद्दामा धादिङ कारागारमा कैद भुक्तान गरिरहेका प्रेम तामाङ कारागार सुरक्षार्थ खटिएका प्रहरी र सहनाइकेहरूकै सहयोगमा होटलसम्म पु-याइएर त्यहाँको कोठामा महिलासँग रहेको भिडियो सार्वजनिक भएको छ। कारागार प्रशासनको चरम लापरबाही र सुरक्षाकर्मीको कैदीबन्दीसँगको मिलेमतोमा हुने गलत आचरणका गतिविधि यसले प्रमाणित भएको छ। उपचार गर्ने बहानामा कारागारबाहिर ल्याइएका तामाङ होटल पु-याइनुमा गलत नियत रहेको भिडियोबाट देखिन्छ। त्यसमाथि उनको सुरक्षार्थ खटिएका प्रहरी र कारागारका सहनाइकेसमेत तामाङलाई सहयोग गर्न मात्र नभई गलत गतिविधिमा संलग्न देखिएका छन्।

जेल सुधारका लागि आवश्यक नीति निर्माणमा ढिलाइ हुँदा पैसा र पहुँच भएकाहरूबाट जेलको नीतिनियमको धज्जी उडाउने गतिविधि चल्दै आएको छ। उपचारको बहाना गर्दै बाहिर आउने र मनोरञ्जनात्मक कार्यमा संलग्न हुने हुँदै आएको छ। जतिसुकै कडा नियम र सुरक्षाका बाबजुद अस्पताल जाने भनी अन्यत्र पु-याउन सुरक्षाकर्मीलाई प्रभावमा पार्नेहरू निरुत्साहित भएका छैनन्। यो जेलको आन्तरिक सुरक्षादेखि कैदीबन्दीको व्यक्तिगत सुरक्षामा समेत आँच आउन सक्ने विषय हो।

कारागारमा उपचारको बहाना गर्दै व्यक्तिगत मनोरञ्जनका लागि होटल, रेस्टुरेन्टलगायत स्थानमा कैदीबन्दी पुग्ने घटना बेलाबेलामा सार्वजनिक हुँदै आएको छ। २०६९ मंसिरमा सुन्धारास्थित केन्द्रीय कारागारमा डाँका गरेको प्रमाणित भएपछि कैद सजाय भुक्तान गरिरहेका सुरेन्द्र तामाङ वीर अस्पतालमा उपचारको बहाना गर्दै निकालेर बागबजारस्थित गेस्ट हाउसमा पु¥याइएका थिए। तीनजना प्रहरीले वीर अस्पतालबाट गेस्ट हाउस पु-याएको सूचना पाइएपछि छापा मार्दा तामाङ युवतीसहित पक्राउ परेका थिए। उपचारको बहानामा लगिएका त्यस्ता कैदीबन्दी होटल तथा रेस्टुरेन्ट पुगेर भागेका घटना पनि छन्। २०७३ मंसिरमा कास्की कारागारका कैदी पुष्कर खड्का अस्पताल लैजाने भनी होटलमा युवती भेट्न पु¥याइए। उनी होटल दीपसागरबाट भागेको पत्ता लाग्यो। खड्कालाई होटल पु-याउन कारागार सुरक्षामा खटिएकाहरूले भूमिका खेलेका थिए। २०७३ सालमा बिरामीको बहानामा अस्पताल लाने भनिएका दुईजना कैदी रौतहट कारागारबाट फरार भए। गम्भीर मुद्दामा कारागार चलान गरिएका उनीहरू फरार हुनुमा प्रहरीकै सहयोगी भूमिका रहेको पत्ता लाग्यो। कैदीबन्दीलाई उपचारको बहानामा बाहिर निकाल्ने र अस्पताल नलगी अन्य प्रायोजनका लागि लैजान सेटिङ मिलाउने घटना नौलो होइन। यस्ता घटना सायदै बाहिर आउने गर्छन्। कारागार प्रशासनदेखि प्रहरी हुँदै नाइकेको मिलेमतोमा उपचारको बहानामा अन्यत्र लगिदिने गतिविधि गरी रकम असुल्ने गैरकानुनी कार्य कतिपय कारागारमा चल्दै आएको छ। जोखिमयुक्त गैरकानुनी कार्य भए पनि पैसाको लोभमा फस्ने कारागार प्रशासन र प्रहरी बेलाबेलामा कारबाहीमा पर्ने गरेका छन्। प्रहरीले छापा मारी होटल र रेस्टुरेन्टबाट पक्राउ गर्नुका साथै कारागारबाट निकालिएका कैदीबन्दी फरार भएपछि कारबाहीमा पर्ने गरेका छन्। कैदीबन्दी भगाउनेदेखि उपचारको बहानामा अन्यत्र लाने प्रहरी जेल परेका घटनाहरू उत्तिकै छन्। यसबाट कारागारको चरम बेथिति प्रमाणित हुन्छ। बेथिति अन्त्यका लागि ठोस कदम चाल्न सरकारले सकिरहेको छैन। राजनीतिक बन्दीका रूपमा लामो जेलजीवन बिताएकाहरू धेरैजना देशका प्रधानमन्त्री भइसक्दा समेत जेल सुधारको काम हुन सकेन। जेल सुधार नहुँदा सेटिङमा गलत गतिविधि हुने गरेका छन्।

कैदीबन्दीका लागि कारागार कठोर यातनास्थलजस्तै छ। परिवार भेटघाटलगायत सुविधाबाट कैदीबन्दी वञ्चित छन्। सर्वोच्च अदालतले २०६८ चैत २८ गते गरेको ‘पारिवारिक भेटको माग गरे कानुनी रूपले प्रमाणित पति–पत्नीलाई मात्र स्थान उपलब्ध गराउनू’ भनी गरेको फैसला कार्यान्वयन गर्न कारागार व्यवस्था विभागले कार्यविधि अझै बनाइसकेको छैन। २०६६ सालमा सप्तरी कारागारमा रहेका सुरजा मरिक डोम, छोटनीदेवी मरिक डोम, जंगबहादुर सिंह र इन्हुरेड इन्टरनेसनलकी प्रियंका पोखरेलसमेतले मन्त्रिपरिषद्, गृह मन्त्रालय र कारागार व्यवस्था विभागसमेतलाई विपक्षी बनाई कारागारमा रहेका कैदीबन्दीका लागि पारिवारिक भेट सुविधा अर्थात् प्रजनन हकका लागि यौन सम्बन्धको व्यवस्थाको मागसहितको रिट दायर गरेकामा सर्वोच्चले पारिवारिक भेट दिनू भनी फैसला गरेको थियो। फैसला कार्यान्वयनमा अझै ढिलाइ भइरहेको छ। जेल सुधारका लागि आवश्यक नीति निर्माणमा ढिलाइ हुँदा पैसा र पहुँच भएकाहरूबाट जेलको नीतिनियमको धज्जी उडाउने गतिविधि चल्दै आएको छ। उपचारको बहाना गर्दै बाहिर आउने र मनोरञ्जनात्मक कार्यमा संलग्न हुने हुँदै आएको छ। जतिसुकै कडा नियम र सुरक्षाका बाबजुद अस्पताल जाने भनी अन्यत्र पु¥याउन सुरक्षाकर्मीलाई प्रभावमा पार्नेहरू निरुत्साहित भएका छैनन्। यो जेलको आन्तरिक सुरक्षादेखि कैदीबन्दीको व्यक्तिगत सुरक्षामा समेत आँच आउन सक्ने विषय हो। यस्ता घटनालाई निरुत्साहित गर्न जेलमा प्रशासनिक संरचनामा सुधारदेखि कारागारलाई सुधार गृहमा परिणत गर्ने नीति तत्काल कार्यान्वयन गर्नु जरुरी छ। नीतिनियम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटीले जेलभित्र समस्या बढ्दै गएको छ, जसले बाहिरी समाजमा समेत नकारात्मक असर पुग्दै आएको छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App