coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राहुल गान्धीलाई कडा टक्कर दिदैँ स्मृती ईरानी

दिल्ली - भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राहुल गान्धीलाई स्मृती ईरानीले कडा टक्कर दिदैँछिन्। मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन बीजेपीकी उम्मेदवार ईरानी झन्डै ६ हजार मतले अगाडि देखिएकी छन्।

विपक्षी दल काँग्रेस आईका अध्यक्ष गान्धीलाई आमेठीबाट इरानी हराउने तवरले कडा टक्कर दिइरहेकी छन्। राहुलले भने आमेठीबाट हार्ने आकलनका कारण वायनाडाबाट पनि उम्मेदवारी दिएका थिए। वायनाडामा भने उनी अगाडि छन्।

यसअघिको निर्वाचानमा इरानी १ लाख ७ हजार मतले पराजित भएकी थिइन् त्यसयता उनी आमेठी घर नै किनेर त्यहाँ बासोबास गरी जनताको मनमा बसेकी थिइन्। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो। गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

सबै चरणको मतदान सकिएपछि आज विहान सवा ८ बजे मतगणना सुरु भएको हो। अन्तिम चरणको मतदान सकिएपछि आएका अधिकांश एक्जिट पोलमा वर्तमान सत्तारुढ एनडिए गठबन्धनलाई नै यसपटक पनि बहुमत आउने देखिएको छ । कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ । चुनावलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षणमा पनि सत्तारुढ गठबन्धन नै अगाडि रहने देखाइएको थियो ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App