६ वैशाख २०८१ बिहीबार
राजनीति

नौ विधेयक स्वीकृत, संशोधन प्रक्रिया सुरु

काठमाडौं – प्रतिनिसभाले दुई दिनमा ९ विधेयक स्वीकृत गरको छ। मंगलबार तीन र बुधबार छ वटा विधेयक स्वीकृत भएका हुन्। मंगलबार बसेको प्रतिनिधिसभाको संसद् बैठकले वन विधेयक, वातावरण संरक्षण विधेयक र भूमिसम्बन्धी (आठौं संशोधन) विधेयकलाई स्वीकृत गरेको हो।

बुधबार बसेको बैठकले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन ) विधेयक, प्रहरी समायोजन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन), औद्योगिक व्यवसाय विधेयक, जेष्ठ नागरिक (पहिलो संशोधन विधेयक) र विज्ञापन (नियमन गर्ने) विधेयक स्वीकृत गरेको हो।

विधेयक स्वीकृत भएपछि संशोधनको समय बुधबार सुरु भएको छ। यी विधेयकमाथि संशोधन गर्न चाहने संसदले शनिबारसम्मको समय दिइएको छ। संशोधनका आधारमा संसद्ले विधेयक समितिमा पठाउनेछ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App