६ वैशाख २०८१ बिहीबार
अर्थ

बजेटमा आँखाका बिरामीलाई प्राथमिकता

सुर्खेत– कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कुनै पनि नागरिकले आँखाको समस्याबाट ग्रसित हुन नपर्ने गरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्। नेपाल नेत्रज्योति सङ्घद्वारा आज वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रथम कार्यशाला गोष्ठीमा उनले कर्णालीका आँखाका बिरामीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने ‘आँखा परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालयले आवश्यक नीति तथा कार्यक्रम र बजेटको सुनिश्चितता गर्नेछ।’ उनले प्रदेश सरकारले आगामी बजेटमा आँखा अस्पताललाई आवश्यक बजेटका साथै उपकरण र जनशक्तिको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष तीर्थकुमार मिश्रले गत वर्ष तीन लाख ५० हजार आँखाका बिरामीको शल्यक्रिया गरिएको जानकारी दिए। प्रदेशस्तरीय कार्यशालाले कृष्णकुमार गिरीको संयोजकत्वमा छ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिमा धनबहादुर बस्नेत, शिवराम खत्री, तिलकबहादुर मल्ल, षडानन्द पाण्डे र नरबहादुर रोकाय सदस्य रहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७६ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App