coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विपन्न बिरामीलाई १५ लाख

रुकुम पश्चिम– सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई रु १५ लाख वितरण गरेको छ। गाउँपालिकाको नीतिअनुसार चालू आवको अहिलेसम्ममा ७१ प्राकृतिक प्रकोपपीडित तथा ३८ विपन्न परिवारका बिरामीलाई उक्त रकम वितरण गरिएको हो।

गत साउनदेखि हालसम्ममा बाढीपहिरो, आगलागी र चट्याङमा परेर मानवीय तथा सम्पत्ति क्षति भएका परिवारलाई रु सात लाख ३९ हजार र विभिन्न रोगका बिरामी तथा जोखिममा परेका बालबालिकालाई सो सहयोग गरिएको हो। प्रकोप पीडित तथा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने र जोखिममा परेका बालबालिकालाई अध्ययनका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताए। रासस

प्रकाशित: ८ जेष्ठ २०७६ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App