८ वैशाख २०८१ शनिबार
समाज

आफ्नै छोरालाई लागूऔषध सेवन गराउने महिलालाई प्रहरीले भेटेपछि...

काठमाडौं– काठमाडौंमा एक महिलाले आफ्नै छोरालाई लागूऔषध सेवन गराउने गरेको खुलासा भएको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले काठमाडौं महानगरपालिका–१६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सिमाबाट लागू औषध नियन्त्रित मनोद्धिपक पदार्थ एम्पुल मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरुले पनि सेवन गर्ने गरेको पाइएको हो।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यूरोका एसएसपी बसन्तकुमार लामाले घरबाटै लागूऔषध विक्री वितरण गर्ने क्रममा श्रेष्ठका दुई छोराहरु पनि लागूऔषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए। गत मंगलबार निज श्रेष्ठलाई प्रहरीले लागू औषध नियन्त्रित मनोद्धिपक लागू औषध एम्पुल र लागूऔषध विक्री वितरण गरी संकलन गरेको १ लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो।

त्यसैगरी प्रहरीले लागूऔषध चरेससहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ। एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेससहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिए। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App