coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडिरहेको विमानका चालक बिरामी परेपछि आकस्मिक अवतरण

लन्डन—अमेरिकाको सान फ्रान्सिस्कोबाट लन्डनका लागि उडेको व्रिटिश एयरवेजको एउटा विमान आकासमै रहँदा चालक अचानक बिरामी परेपछि क्यानडाको भ्यानकुभरमा आकस्मिक अवतरण गरेको छ।

सोमबार राति व्रिटिश एयरवेजको जहाज भ्यानकुभरमा आकस्मिक अवतरण गरेको हो। चालक दल सदस्य बिरामी भएपछि विमान आकस्मिक अवतरण गर्नुपरेको एयरलाइन्स कम्पनीले जनाएको छ। आकस्मिक अवतरणका क्रममा कसैलाई चोटपटक लागेको छैन।

फ्लाइट नम्बर बीए २४६ साँझ ७ः१५ बजे सानफ्रान्सिस्कोबाट उडेको थियो। भोलिपल्ट दिउँसो १ः४० बजे सो विमान लन्डन अवतरण गर्ने तालिका थियो।

आकस्मिक अवतरणपछि यात्रुहरुका लागि अर्को उडान तथा खाना, होटलको व्यवस्था गरिसकिएको कम्पनीले जनाएको छ।
 

प्रकाशित: ९ कार्तिक २०७३ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App