७ वैशाख २०८१ शुक्रबार
भिडियो

'अमेरिकी राजदूतको भिडियाे संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित'

काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत -याण्डी बेरीले 'जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

 नेता नेपालले अन्तर्राष्ट्रिय अभ्यासमै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराए। बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पारे। वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेट गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नेपर्ने पनि उल्लेख गरे।

सत्तारुढ नेकपाकै अर्का नेता भीम रावलले कूटनीतिक मर्यादा विपरित गएर अमेरिकी राजदुत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिए। उनले कूटनीतिक क्षेत्रको कानुन, मर्यादा कुनै पनि दृष्टिले राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अनुमति नरहेको दाबी गरे।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पनि सरकारको अनुमतिबिना अमेरिकी राजदुत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पारे। उनले कूटनीतिक मर्यादा प्रतिकूल हुने खालका त्यस्ता गतिविधिमा संलग्न नहुन पनि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई सचेत गराए।

त्यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको स्पष्ट पारे। उनले कूटनीतिक मर्यादाको सीमा रहेर आफ्ना गतिविधि संचालन गर्न पनि नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुको ध्यानाकर्षण गराए।

उनले एक भिडियो सन्देस सहित नेपाली नागरिक र समाजसँग प्रत्यक्ष संवाद गर्न लागेको भन्दै योजना सार्वजनिक गरे थिए। वेरीले सोमबार मात्र फेसवुक र ट्वीटरमा  'राजदूतसँग गफगाफ' गर्न लागेको भन्दै भिडियो पोष्ट गरेका छन्। यो नेपाली स्थित अमेरिकी दूतावासको सामाजिक सञ्जालका ४० लाख फलोवर्ससँग साप्ताहिकरुपमा गरिने 'गफगाफ' भएको दूतावासले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App