८ वैशाख २०८१ शनिबार
समाज

कर्मचारीमाथि हातपात भएपछि नगरपालिकाको काम ठप्प

सिराहा– सहकर्मीमाथि हातपात भएको विरोधमा सिराहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन्।

कार्यकक्षमै काम गरिरहेका बेला मङ्गलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई वडा नं ७ रमपुरा भेडियाका दीपेन्द्र यादवसहित आएको समूहले हातपात गरेको भन्दै कर्मचारीले कामकाज ठप्प पारेका हुन्। ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले काम ठप्प पर्दा सर्वसाधारण मारमा परेका छन्।

गत भदौ–असोजमै वडा नं ७ स्थित आधारभूत विद्यालय रम्पुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउन भनेपछि यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले जानकारी दिए।

नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपातप्रति दुःख व्यक्त गर्दै समस्या समाधानको पहल भइरहेको बताए। रासस

प्रकाशित: ८ जेष्ठ २०७६ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App