प्रचण्डको आदेश मान्थे तर अन्याय भयो : रञ्जित तामाङ

बुधबार, ०८ जेठ २०७६, १५ : १८ नागरिक

काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रञ्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्। उनले आँफुलाई फरक जिम्मेवारी दिन समेत माग गरेका छन्। 'एक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने कुरो रहदैन,' उनले भने।

बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियुको नेतृत्व चयनमा आफूमाथि अन्याय भएको बताएका हुन्। पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रहेका रञ्जित गत हप्ता पार्टी नेतृत्वले गरेको निर्णय प्रति असन्तुष्टि जनाउदै आएका थिए। 'मैले परिवारभन्दा माथि प्रचण्ड मानेको थिएँ, उनकै आदेश मानेको थिएँ। तर ममाथि अन्याय भयो' उनले भने।

गत बिहीबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले अनेरास्ववियुको अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि महर अनेरास्ववियुको महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष थिए।

पार्टी नेतृत्वले जिम्मेवारी तोक्दै गर्दा तामाङले त्यसप्रति आपत्ति जनाउदै गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए। पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुन पर्ने भन्दै उनले नेकपमा त्यसको अभाव भएको जिकिर गरे।  

विश्वविद्यालय, कलेज र निजी शैक्षिक क्षेत्रमा बेथिति बढेको बेला बिधार्थी संगठन कुहिरोको काग बन्दै गरेको बताए। आफू अन्यायमा परेको सबैजनालाइ जानकारी गराएको र अध्यक्ष प्रचण्डले एकतालाई पूर्णता दिन बलिदानी गर्न पर्ने बताएपछि ऐले आफुले नेतृत्वले दिएको जिम्मेवारी नछोड्ने बताए। उनले आफुलाई पटक पटक अन्याय परेको र असन्तुष्ट रहेको बताएका थिए। थप जानकारीका लागि हेर्नुहोस भिडियो:








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad