coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

मुख्यमन्त्रीको विरोध गरेको भन्दै नेविसंघका डोटी जिल्ला अध्यक्ष गणेश खड्कालाई बाहिर निकाल्दै प्रहरी। तस्बिरः नागरिक

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उपस्थित कार्यक्रममा विपक्षीमाथि प्रहरीले धरपकड गरेको छ। डोटी बहुमुखी क्याम्पसको ५९ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्रीको विरोध गरेको भन्दै नेविसंघका जिल्ला अध्यक्ष गणेश खड्का सहितका नेताकार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको हो।

समारोह शुरुहुँदै गर्दा अध्यक्ष खड्का सहितका नेविसंघका नेताकार्यकर्ताहरुले मुख्यमन्त्री विरुद्ध नाराबाजी गरेका थिए। अध्यक्ष खड्काले सोही क्रममा कालोझण्डा देखाउदै विरोध गरेका थिए। त्यसपछि प्रहरीले उनको मुख थुन्दै धकेलेर बाहिर फालिदिएको थियो।

यसबाहेक समारोहमा प्रवेश गर्नका लागि प्रहरी निकै कडाई गरेको छ। क्याम्पस परिसरमा सुरक्षार्थ बाक्लो मात्रामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ। विनाचेँकजाँच कसैलाई पनि भित्र जान दिनलागेको छैन्। कालो रङको रुपमा, कालो टिशर्ट वा ज्याकेट लगाएर समेत भित्र पस्न नदिएको सहभागिको गुनासो छ। 

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएसंगै सत्तारुढ दलका नेता तथा सांसदहरुसंग डोटीबासी चिढिएका छन्। मुख्यतः डोटीबाट निर्वाचित भएर गएका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसदहरु पूर्णा जोशी, अर्चना गहतराज र प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगरप्रति यहाँका बासिन्दा आक्रोशित छ।

यहाँका बासिन्दाले बेलाबखतमा सत्ताधारी पार्टी नेकपामा नेताहरु डोटी आउदा कालोझण्डा देखाउदै आएका छन्। यसअघि सांसद अर्चना गहतराज, पूर्वमन्त्री लेखराज भट्ट, प्रतिनिधि सभा सांसद प्रेम बहादुर आलेमगर र सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्री माया भट्टलाई कालोझण्डा देखाएका थिए। जसको नेतृत्व नेविसंघले नै गरेको थियो।

यसअघि विरोधकै डरले मुख्यमन्त्री भट्ट गृहजिल्ला डोटी सदरमुकाम सिलगढी र दिपायल आसपासका सार्वजनिक कार्यक्रममा सहभागी हुन सकिरहेका थिएनन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App