७ वैशाख २०८१ शुक्रबार
भिडियो

मधेसी भनेर हेपियो

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको वैठकमा बोल्दै उनले  आन्दोलनका मागलाई राजनीतिक सेटलमेन्ट गर्नुपर्ने माग गरे।

जनताबाट निर्वाचित रेशम चौधरीलाई अदालतले जन्मकैद सुनाउनु दूर्भाग्यपूर्ण भएको बताउँदै सांसद साहले भने -'टिकापुर घटनामा प्रहरीले सांसद चौधरीलाई पक्रेको होइन। चौधरी स्वयम निर्दोष छु भन्दै प्रहरी कस्टडीमा आएका हुन् तर रेशम चौधरी थारु भएकै कारण आज उनलाई जेलमा कैद गरिएको छ।'

न्यायापालिकाबाट जनताले न्याय पाउने आस घट्दै गएको उनको भनाइ थियो। सांसद साहले सर्वोच्च अदालतको डबल बेञ्चले गरेको निर्णय पुनः डबल बेञ्चले नै नियतवस उल्ट्याइएको उनको आरोप थियो।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरेको र स्वयं सभामुखले रुलिङ्ग गर्दा समेत कुनै सुनुवाई नहुँदा सभामुखको मागलाई नै सरकारले बेवास्ता गरेको उनको भनाइ थियो। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: ८ जेष्ठ २०७६ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App