८ वैशाख २०८१ शनिबार
समाज

छानविन अख्तियारको प्राथमिकतामा

जुम्ला - जुम्ला गुठचौर गाउँपालिकामा रहेको भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा अपचलन प्रकरणमा मुछिएका ११ जनालाई सात दिन भित्र उपस्थित हुन अख्तियारले निर्देशन दिएको छ। अख्तियारले गुठिचौर गाउँपालिका ४ बस्ने कविदत्त न्यौपाने, गोमा न्यौपाने,पार्वती न्यौपाने, केशवराज न्यौपाने,नबक्रृषि न्यौपाने,देबेन्द्रप्रसाद उपाध्याय,विष्णुक्रृषि शर्मा न्यौपाने,विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने,मयालाल न्यौपाने र जानकीदत्त देवकोटालाई सात दिन भित्र उपस्थित हुन निर्देशन दिएको हो। गुठिचौर स्थित भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा व्यक्तिगत नाममा दर्ता गराएको  ५९० रोपनी जग्गा बारे छानबिन प्रक्रियालाई तिब्रता दिन ११ जनालाई ७ दिनभित्र काठमाण्डौ उस्थित हुन निर्देशन गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोेगबाट जारी भएको ७ दिने हाजिर हुन आउने बारेको सार्बजनिक सुचनामा भनिएको छ ,‘भ्रष्टचार निबारण ऐन २०५९ को दफा ४३ बमोजिम भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर जुम्लाको नाममा कायम जुम्ला जिल्ला साबिकको गुठिचौर गाबिस वडा नम्बर ६ दर्ता कित्ता नम्बर ३ मध्येको करिब ५९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको सम्बन्धमा बुझ्नु पर्ने भएकोले सात दिन भित्र उपस्थित हुन सुचना जारी गरिएको छ। सात दिन भित्र आयोगको महाशाखा नं. २ सम्पर्क राख्न आउनु होला। अन्यथा कानुन बमोजिम भईजाने बेहोरा अनुरोध छ।’

२०६६ सालमा  तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले आफ्नी पत्नी  र छोरी सहित नातागोताका नाममा ५९० रोपनी सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता गरिदिएका थिए।  अख्तियारले उपस्थित हुन निर्देशन गरेको सुचनामा तत्कालिन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेको नाम उल्लेख छैन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एंव प्रवत्ता प्रदीपकुमार कोइरालाका अनुसार   जानकीदत्त देवकोटा गुठिचौर गाउँपालिका ५ का बासिन्दा हुन् भने अरु सबै वडा नम्बर ४ का हुन्। सात दिन भित्र हाजिर नहुनेलाई कानुन बमोजिम कार्वाही हुने चेतावनी समेत दिएको उनले जानकारी दिए।  

   जुम्लाको साविक गुठिचौर गाविस वडा नम्वर ६ को कित्ता नम्बर ३ को ५९० रोपनी अर्थात् करिब ४५ बिघा सरकारी जग्गा न्यौपानेले आफन्तको नाममा दर्ता गरेको उजुरी ०७३ सालमा अख्तियार केन्द्रिय कार्यालयमा परेको थियो। सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने तत्कालिन मालपोत अधिकृत न्यौपाने हाल सेवा निवृत्त भइसकेका छन्।  अख्तियारले गुठिचौरको जग्गा प्रकरणमा मुछिएका केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ। प्रवक्ता कोईराला भने,‘ अनुसन्धानको विधि र प्रक्रिया  गोप्य हुने भएको सार्वजनिक गर्न मिल्दैन्। गुठिचौरको जग्गा प्रकरणलाई  प्राथमिकतामा राखेर अनुसन्धान थालेको छौँ। अनुसन्धान अन्तिम चरणमा पुगेको छ। ’

जुम्ला गुठिचौर गाउँपालिका ४ मा रहेको राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा ब्यक्तिको नाममा दर्ता गरेको विषयमा जुम्लावाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको लामो समय सम्म पनि अनुसन्धान हुन नसकेको प्रति दुख पोखे । उनले ब्यक्तिको नाममा दर्ता भएको जग्गालाई  तुरुन्त राष्ट्रियकरण गर्न माग गरे।  उनले भने,‘ जमिनलाई आफ्नै नाममा राख्न तत्कालिन मालपोत अधिकृत गोबिन्दप्रसाद न्यौपानेले चलखेल गरिरहेका छन्।

छानविन प्रक्रियालाई घनिभुत बनाउदै जग्गा फिर्ताको लागि पहल थाल्न जरुरी छ। यसका लागि सचेत समेत गराउँदछु।   उनले थपे,‘तत्कालिन मालपोत अधिकृत न्यौपाने अख्तियारका कर्मचारीलाई भेट्ने र मुद्दा लम्वाउने नियतमा छन्।   छिटो छिनोफानो हुनु हुनुपर्छ। सरकारी जग्गा अपचलन गर्नेलाई हदै सम्मको कार्वाही गर्नुपर्छ।  तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सरकारी जग्गा बहालवाला मालपोत अधिकृतले हडपेको बिषयमा अनुसन्धान थालेका थिए।

यता सरकारी जग्गा व्यक्तिगत नाममा गराउनेहरुले भने आफुहरुले भेडाबाख्रा अनुसन्धान कार्यक्रमको सहमतिमा मात्रै जग्गा नाममा दर्ता गराएको बताएका छन्। उनीहरुले पुर्खाहरुले त्यो जग्गा उपभोग गर्दै आईरहेको दाबी गर्दै आफुहरुले सरकारी जग्गा नभै आफ्नो जग्गा आफ्नो नाममा दर्ता गराएको दाबी गर्दै आईराखेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App