आर्चरीसँग जोडिएको जीवन

बुधबार, ०८ जेठ २०७६, ११ : ४१ धन बस्नेत

पोखरा– जवानीमा धेरै खेलकुद खेलियो। सुटिङ छोडेर आर्चरीमा पाइला लम्कियो। रिटायर्डपछि पहिचान बनाउने खेल आर्चरी बन्यो। त्यसभन्दा अघि सुटिङ नै थियो। सुटिङ र स्विमिङ दुवैमा अब्बल। जीवनको रसरंग भने आर्चरीमै बस्यो। किन ! पल्टने लाइफ सकियो, रिटायर्ड लाइफ आर्चरीसँगै जोडियो, अन्य खेल भने विदेशमै छोडियो।

उमेरले आराम खोज्ने बेला हो। तर मनले मान्दैन। त्यसैले त  छ दशक उमेरमा पनि उस्तै युवा जोस छ। त्यो जोस अब युवा पुस्तामा हस्तान्तरण गर्दै छन्। एकल प्रयासमै आर्चरी खेलमा कायापलट गर्ने महत्त्वाकांक्षा उनीभित्र छ। त्यसैले त आफ्नै लगानीमा प्रशिक्षण गराउँदै आर्चरीमा अन्तर्राष्ट्रिय पदके भित्र्याइसकेका छन्।

हो उनै स्वयंसेवक प्रशिक्षक हुन किशोरकुमार गुरुङ। जन्म र कर्मले उनी सिंगापुरे हुन्। तर चार कक्षासम्म मात्रै उनले पढने मेसो पाए। बुवाको रिटायर्ड जीवनपछि आफ्नो प्राचीन थलो स्याङ्जाको पन्चमूल सिरुबारी परिवारै फर्कियो। फर्किएपछि उनको दैनिक उकाली ओरालीमा अघि बढ्यो।

परिवारको पृष्ठभूमि लाहुरे। त्यसैले उनको मनमा पनि लाहुरे बन्ने हुटहुटी भने ताजै थियो। त्यो हुटहुटीलाई उनले एसएलसी दिएपछि पूरा गरे। गाउँकै त्रिसहिद माविमा स्कुले जीवन बिताए। उत्तीर्ण भए अनि लागे भर्तीको दुनियाँमा। १८ वर्षे लक्का जवान ठिटो। ‘भर्ती भएपछि ३/४ वर्षमा छुट्टी लिएर नेपाल आउँथे।’ उनले विगत सम्झिए, ‘छुट्टीमा आउँदा भलिबल खेलिन्थ्यो। गाउँघरमा खेलकुदका सामान भलिबल, फुटबल ल्याउँथ्यौं। त्यो बाँडेर फर्किन्थ्यौं।’

विदेशमा स्पोटर्स कल्चर बढी छ। त्यसैले होला उनको पनि स्पोर्ट्सप्रति झुकाव सधैं रहिरह्यो। स्पोर्टसम्यानसिपकै कारण उनी हरेक खेल छिटो टिप्थे। ‘सेक्सन, प्लाटुन, युनिट हुँदै छानिएर सहभागी हुन्थ्यौं।’ युनिटबाट लामै समय भलिबलमा बित्यो। फुटबल त केवल पार्ट टाइम मात्रै खेलिन्थ्यो। अझ बढी रुचिकर स्पोटस त स्विमिङ र सुटिङ थियो। ‘स्विमिङमा पल्टनभित्रै प्रशिक्षणसमेत दिन्थे,’ विगत सम्झन्छन्, ‘ब्रेस्ट स्ट्रोक मेरो फेभरेट इभेन्ट थियो।’ स्विमिङ मात्रै होइन सिंगापुरमै रहँदा उनले डुबेकाहरुलाई तानेर उद्धार गरिने प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गर्दै आफनो परिचय दिएका थिए। ‘लाइफ सेभिङ’ भन्ने हुन्थ्यो।

समय त्यति अनुकूल थिएन्। माओवादीको द्वन्द्व चरम अवस्थामा थियो। सुटिङप्रतिको लगावका कारण उनले रिटायर्ड हुँदा प्रशिक्षणको योजना बनाइरहेका थिए। तर उनले भनेजस्तो र चाहेजस्तो हुन सकेन। सुटिङलाई उनले सिंगापुरमै थाती राखे। पल्टनभित्रको प्रतिस्पर्धामा अब्बल थिए। सुटिङप्रतिको मोहलाई च्याट्टै छाडेर आर्चरीतर्फ मन डो-याए। पेन्सन आउने बेलामा सिकेको आर्चरीले उनलाई नयाँ पहिचान बनाइदिएको छ। ‘सुटिङ मेरा लागि स्विटेबल गेम भए पनि रिटायर्डपछि के खेल्ने भन्ने मनमा हुँदा आर्चरी देखेपछि त्यतातिर मोडिएँ,’ उनी सम्झन्छन्।

सन २००३ मा पल्टनबाट स्वदेश फर्किए। पल्टने सेवाका लागि नफर्किने गरी। स्वदेश फर्किनुअघि उनले दुई वर्ष आर्चरी प्रशिक्षण गर्नमै बिताए। त्यसपछि हरेक विधि, नियम तथा उपकरणबारे पूर्ण जानकारी लिएपछि फर्किए। उनीसँगै सिंगापुरमै रहँदा दीपकराज गुरुङ (हाल नेपाल र्आचरी संघका केन्द्रीय अध्यक्ष) सँग भेटघाट गर्दै आर्चरीमा होमिए। दीपकराज भने २००४ मा रिटायर्ड हुँदै नेपाल फर्किएका हुन्।

एक वर्षअघि फर्किएका उनीमाझ नेपालमा आधुनिक आर्चरीलाई कसरी फैलाउने भन्ने चिन्ता थपियो। काठमाडौंमै बस्ने योजना थियो। तर पोखरालाई उनले रोजे। केन्द्रीय अध्यक्ष रहेका दीपकराजले भने काठमाडौंलाई आफ्नो आर्चरीको कर्मथलो बनाए। ‘आर्चरीका बारेमा अनुसन्धान गर्दै थिएँ, दीपकराजसँग भेट भयो। अनि दुवैले टे«निङ गर्न सुरु ग-यौं।’ किशोरकुमार गुरुङ इतिहास पल्टाउँछन्, ‘हामीले सिक्दै गएपछि हरेक प्रतियोगितामा सहभागी हँुदै जित्न थाल्यौं। सिनियरमा भने हामीलाई सिंगापुरमा खेल्नै दिएनन्।’

सिंगापुरबाट रिटायर्ड हुन केही महिना बाँकी रहँदा आर्चरीप्रतिको अभिरुचि बढ्दै गयो। आर्चरीबारे अध्ययन र अनुसन्धान गर्न थाल्यौं। खेल्ने मात्रै नभई आवश्यक सामान जोड्न पनि थाल्यौं। सामान जोडेपछि रिटायर्ड हुँदा सबै सामान नेपाल ल्यायौं। अहिले पनि सामान सिंगापुरबाट आवश्यकताअनुसार मगाउने गरिएको छ। ‘आर्चरीका बेसिक कोर्स लियौं। १/२ दिनको मात्रै हुन्थ्यो। टेक्निक मात्रै सिकाउँथे। अरु आफैंले अनुसन्धान गर्नुपथ्र्यो।’ उनी भन्छन्, ‘त्यसरी तालिम लिएपछि आर्चरीका बारेमा अझ रुचि जाग्दै गयो।’

यसरी बस्यो आर्चरीका जग  
ज्ञान, सीप र आवश्यक उपकरणसहित स्वदेश फर्किएपछि गुरुङले आधुनिक आर्चरी सिकाउने मेसो सुरु गरे। पुरानै धनुषबाण खेल्ने परम्परा थियो। त्यसलाई आधुनिक धनुष (बो) मा ढाल्नुपर्ने आवश्यकता थियो। परम्परागत धनुषबाणलाई संरक्षण गर्दै आधुनिक आर्चरीमा लैजानुपर्ने चुनौती उत्तिकै थियो। ‘शून्यबाटै सुरु गरें सिकाउन,’ उनी भन्छन्, ‘सबैभन्दा पहिला आधुनिक आर्चरीका उपकरणबारे जानकारी दिन थालें।’

आफूभन्दा पाका उमेरका आर्चरी खेलाडी (परम्परागत शैलीमा आर्चरी खेल्दै आएका) रामकाजी बान्तवा, हरिध्वज तुलाचन, मेजर ईश्वरी, मीनबहादुर शेरचन, अजित दाइलगायतलाई आर्चरीको बारेमा प्रशिक्षण दिन थालें। नयाँ शैली, नयाँ नियम र स्कोरिङ तरिकाको बारेमा सिकाउने काम भयो। ६÷७ वटा आर्चरी (धनु) ल्याएको थिएँ। दीपकराज फर्किंदा ५ वटा ल्याइदिए।

आर्चरीका अगुवाहरुले आधुनिक शैलीको आर्चरी खेल्ने विधिबारे जानकारी लिएपछि २०६१ सालमा नेपालमै पहिलो पटक अन्नपूर्ण आर्चरी क्लब गठन भयो। हरिध्वज तुलाचनको अध्यक्षतामा क्लब स्थापना गरिएको थियो। ‘अग्रजहरूलाई दैनिक २ घण्टा बो समात्ने, एरो राख्ने, तान्ने र हान्ने, स्कोरिङको विधि र नियमबारे एक हप्ता प्रशिक्षण गराएँ।’ उनी भन्छन्, ‘प्राक्टिस गराउँदै प्रतियोगिता खेलाउने गर्थें।’ ट्रेनिङ पोखरा रंगशालामै हुन्थ्यो। आर्चरी विशेष गरी मगर, छन्त्याल, थकाली समुदायले बढी खेल्ने गर्छन्।

अग्रजले प्रशिक्षण लिएपछि अनुजहरूको पालो आयो। उमेरले अग्रजभन्दा केही कम मात्रैका थिए। भन्नुपर्दा अधबैंसे युवा भेला भए। उनीहरुलाई प्रशिक्षण दिएँ। समीर शेरचन, बुद्धि हिराचन, योगेन्द्र शेरचन (हाल कास्की जिल्ला आर्चरी संघका अध्यक्ष) लगायतले उनैबाट प्रशिक्षण लिए। आर्थिक रूपमा सम्पन्न व्यक्तिले मात्रै आधुनिक बो खरिद गर्थे।

आफ्नै लगानीमा गुरुङले पूर्वमा प्रशिक्षण गराएका छन्। पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएपछि आर्चरीलाई निरन्तर समावेश गरिँदै आएको छ। सातौं र आठौं राष्ट्रिय खेलकुदमा पूर्वबाट सहभागी खेलाडीलाई उनैले प्रशिक्षित गराएका खेलाडी थिए। धरान, खोटाङ, इटहरी, सोलुखुम्बु, मुस्ताङलगायतका जिल्लाहरूमा व्यक्तिगत खर्च गरेर आर्चरीको एक हप्ते आधारभूत तालिम दिइसकेका छन्।

पहिलो पदक
स्वदेश फर्किएको तीन वर्षपछि आर्चरीमा नेपालले फड्को मा-यो। पोखरामा किशोर र काठमाडौंमा दीपकराजले आर्चरीको प्रशिक्षण गराएपछि माहौल जम्दै गएको थियो। खेलाडीको  आकर्षण उस्तै थियो। कपितय अवस्थामा आफैं प्रशिक्षक, रेफ्री, आयोजक अनि खेलाडी पनि बन्नुपर्ने अवस्था थियो। घरेलु प्रतिस्पर्धामा त्यस्तो अवस्थाबाट समेत गुज्रिनुपरेको यथार्थ उनीसँग छ। उनीसँगै आयोजक, रेफ्री र खेलाडी आफैं बन्नुपरेको किस्सा पनि उस्तै छ। २०६२ सालमा काठमाडौंमा आयोजित राष्ट्रिय आर्चरी प्रतियोगितामा आयोजक, रेफ्री र खेलाडी गरी १४ जना सहभागी थिए। जसमा सबै भूमिका खेल्नुपरेको किस्सा सुनाउन उनी भुल्दैनन्।

सिकारुलाई प्रशिक्षक गुरुङले आफैं घरमा प्रशिक्षण दिन्छन्। आफ्नै घरमा टार्गेट बनाएर १० मिटरमा प्रशिक्षण गराउँदै आएका छन्। रंगशाला पुग्न समय नहुने भर्खरैका सिकारु खेलाडीलाई आफ्नै सामान दिएर प्रशिक्षण दिने गरेका छन्।
अबको लक्ष्य साग हो। सागमा पदक जित्न अहिलेदेखि नै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नुपर्ने उनको जोड छ।


२००४ मा आर्चरीको खेललाई फैलाइएको थियो। पोखरामा २००३ देखि नै सुरु भइसकेको थियो। २००४ मा दीपकराज गुरुङको स्वदेश फिर्तापछि आर्चरीले अझ व्यापकता पायो। सन २००५ मा नेपालले आर्चरी प्रतियोगितामा पहिलो अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्रियो। भारतको दिल्लीमा आयोजित १५औं एसियन आर्चरी च्याम्पियनसिपमा पहिलो सहभागिता अनुभव मात्रै बटुल्ने अवसर बन्यो। सन् २००६ मा सहभागी बनेको नेपाली टोलीले टिम इभेन्टमा कांस्य पदक जित्दै आर्चरीकै इतिहासमा पहिलो पदक भित्रिएको थियो। पदक जित्दा उनी प्रशिक्षकको रूपमा थिए। आधुनिक आर्चरीको विकास र विस्तारको श्रेय उनै गुरुङलाई जान्छ।

दुई वर्षे प्रशिक्षक सेवा, तलबभत्ता खेलसामाग्रीमै खर्च
पोखरामा आर्चरीका प्रशिक्षक त्यति बेला थिएनन्, जति बेला राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी समावेश भएकै थिएन। पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट मात्रै आर्चरीलाई समावेश गरियो। तर उनी छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद्बाट करारमा प्रशिक्षक नियुक्त भए। करारमा नियुक्त भएपछि उनको ध्यान आर्चरीमा पोखरालाई अधिक पदक दिलाउन केन्द्रित भयो। छैटौंमा पदक पनि लक्ष्य गरे अनुसार नै प्राप्त भयो।

प्रशिक्षकको रूपमा उनले दुई वर्ष बिताए। दुई वर्षको अवधिमा उनले प्रशिक्षकबापत पाएको तलब, भत्ताको सुविधा भने खेलाडीलाई नै खर्चिए। उपकरण अभावमा खेलिरहेका खेलाडीलाई उपकरण खरिद गरेर दिनेदेखि डाइट खाने व्यवस्थासमेत उनले आफनै तलबबाट गरिदिएका थिए।

नियम, उपकरण र खर्च
आर्चरी ओलम्पिकमा समावेश खेल हो। एक जना वैकिल्पकसहित चार जना खेलाडी हुन्छन्। ओलम्पिकमा फूल फिटा ३०, ५०, ७० र ९० मिटरमा प्रतिस्पर्धा हुन्छ। ९० मिटरमा विशेष गरी विश्ववरीयताको लागि र हाई स्कोरका लागि प्रतिस्पर्धा हुन्छ। ७० मिटरमा प्रतिस्पर्धा हुने गर्छ। व्यक्तिगत महिला तथा पुरुष विधा, टिम विधा र मिक्स्ड विधामा प्रतिस्पर्धा हुँदै आएको छ।

अर्को कम्पाउन्ड बो हुन्छ। त्यसमा पनि व्यक्तिगत महिला तथा पुरुष विधा, टिम विधा र मिक्स्ड विधामा प्रतिस्पर्धा हँुदै आएको छ। यो ५० मिटरमा प्रतिस्पर्धा गराइन्छ। हाम्रोमा १८ मिटरको आउटडोर र इन्डोर प्रतिस्पर्धा हुन्छ। नयाँ खेलाडीलाई प्रर्वद्धन गर्न भने स्टाडर्डमा प्रतिस्पर्धा गराइने गरिएको छ। ३० र ५० मिटरमा प्रतिस्पर्धा हुन्छ।

आर्चरी आफैमा महँगो खेल भने होइन। तर आधुनिक उपकरणले निकै महंगो बनाइदिएको छ। खेलप्रति अभिरुचि राख्ने खेलाडीलाई प्रशिक्षक गुरुङले आफैंले उपकरणसँगै आवश्यक सबै सामान निशुल्क उपलब्ध गराउँदै आएका छन्। सामान्य त एउटा बो (धनुष) को मूल्य डेढ लाख रुपैयाँमा कम्प्लिट सेट आउँछ। सामान्य बोलाई पनि ५० हजार रुपैयाँ पर्छ। ५ केजी तौलसम्मको हुन्छ। एउटा एरो (तीर) को मूल्य ८ सय ५० रुपैयाँदेखि ४५ सयसम्म पर्छ। खास गरी बोसँगै चेस्ट गार्ड, एरो, तीरलगायतका सामान चाहिन्छ। प्रतिस्पर्धाको लागि १२ एरो राख्नुपर्छ। ६ एरो हानिन्छ। नकाउटमा ३ एरो प्रहार गर्न पाइन्छ। 

लक्ष्य
कहिलेकाहीं दिक्क लाग्छ। तर प्यासन हो। त्यही प्यासनले मलाई आर्चरी सिकाउने जाँगर चलिरहन्छ। सिकारुलाई प्रशिक्षक गुरुङले आफैं घरमा प्रशिक्षण दिन्छन्। आफ्नै घरमा टार्गेट बनाएर १० मिटरमा प्रशिक्षण गराउँदै आएका छन्। रंगशाला पुग्न समय नहुने भर्खरैका सिकारु खेलाडीलाई आफ्नै सामान दिएर प्रशिक्षण दिने गरेका छन्। ‘आर्चरी मेरो शौख हो। तलबभत्ता र सरकारी सुविधाको आश छैन। पाएका सबै खेलाडीका लागि खर्चिन्छु।’ उनी भन्छन्, ‘मेरो एउटै उद्देश्य र लक्ष्य भनेको आर्चरीका खेलाडी उत्पादन गर्नु हो।’

उनी स्कुलस्कुलमा आर्चरी खेलको पहुँच पु-याउनु जरुरी  देख्छन्। दक्षिण एसियामा आर्चरीमा पदकको दावेदारी रहे पनि आर्चरीको विकास र विस्तार अझै हुन नसकेको उनको ठम्याइ छ। १२ र १६ वर्षमुनिका स्कुले विद्यार्थीलाई सिकाउन जरुरी रहेको छ। अबको लक्ष्य साग हो। सागमा पदक जित्न अहिले देखि नै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नुपर्ने उनको जोड छ। ‘दुई वर्ष जागिर खाँदा तलबको सुको पनि मैले मेरो लागि खर्चिन। सबै सामान जोड्ने र खेलाडीलाई दिने गरें।’ आफू प्रशिक्षक रहँदा पोखरामा आर्चरीसम्बन्धी सोलिडारिटी कोर्स गराउन पाइएकोमा सबैभन्दा भन्दा गर्विलो क्षणको अनुभूति प्रशिक्षक गुरुङले गरेका छन्।









यसमा तपाईको मत


अन्य समाचार

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...