coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पेस्तोल छाडेर भाग्ने यादव नियन्त्रणमा

सर्लाही – दुई थान अमेरिकी पेस्तोल तथा त्यसमा लाग्ने गोली छाडेर भाग्ने सञ्जय राय यादव मंगलबार पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ। हरिपूर्वा नगरपालिका–७ निवासी ३६ वर्षीय यादव साढे चार महिनादेखि फरार जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

प्रहरीका अनुसार २०७५ पुस २४ हरीपुर्वा–९ स्थित बसतपुर निवासी रामविश्वास रायका दुई पत्नीको विवादसम्बन्धी छलफल जयनारायण यादवको घरमा भइरहेको अवस्थामा जेठी पत्नीका तर्फबाट सहभागी सञ्जयले अन्यलाई पेस्तोल देखाएर धम्की दिएका थिए। ना३१ प २२२९ नम्बरको मोटरसाइकलमा आएका यादवले छलफलमा बसिरहेका जयनारायण यादवमाथि एक्कासि पेस्तोल झिकी ताकेपछि स्थानीयले प्रतिकार गरेको थिए।

त्यसपछि सोही ठाउँमा मेड इन युएसए लेखिएको दुई थान पेस्तोल तथा दुईवटा म्याग्जिन र ६ राउन्ड गोली फालेर फरार भएको प्रहरीको दाबी छ। जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका यादवलाई विशेष सुराकीका आधारमा हरिपूर्वाबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App