coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बोल्ने समय बाँकी छँदै सभामुखले माइक काटे

काठमाडौं - प्रतिनिधिसभा बैठकमा बोल्न तोकिएको समय बाँकी छँदै सभामुख कृष्णबहादुर महराले माइक काटेपछि पुनः बोल्न दिनुपरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल बोल्दै गर्दा सभामुखले ३० सेकेन्डमै माइक काटेका थिए। संसद्को शून्य समयमा सांसदले एक मिनेटभित्र आफ्नो कुरा राख्नु पर्दछ। तर, सभामुखले ३० सेकेन्डमै कँडेलको माइक काटेपछि कांग्रेस सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाएका थिए।

सभामुखले कँडेल बोल्दाबोल्दै माइक काटेलगत्तै कांग्रेसकै नमिताकुमारी चौधरीलाई बोल्न समय दिएका थिए। कँडेलले हत्या र बलात्कारका घटना बढ्दै गएको र पाँचथरमा ६ वर्षदेखि ७५ वर्षसम्म व्यक्तिको सामूहिक हत्या भएको विषयमा गृहमन्त्रीले सार्वजनिकरूपमा जवाफ दिनुपर्ने भन्दै गर्दा माइक काटिएको थियो।

तर, कँडेलले प्रतिपक्षी भएर कटौती गरेको हो भने भन्नुप-यो भन्दै आपत्ति जनाएका थिए। ‘गम्भीर विषय उठाएको छु। १५÷२० सेकेन्डमै माइक काटिदिने ?,’ उनले भने। तर सभामुखले भने, ‘एक मिनेट पुगे होला माननीयज्यू।’ तर, सभामुख कृष्णबहादुर महराले महासचिव मनोहरप्रसाद भट्टराईसँग सल्लाह गरेर सांसद चौधरी बोलिसकेपछि फेरि बोल्न दिन्छु भन्दै कँडेललाई बस्न लगाएका थिए। सांसद चौधरी बोलेपछि सभामुखले पुनः सांसद कँडेललाई हाँस्दै बोल्न समय दिँदै भने, ‘२० सेकेन्ड कटाएर ४० सेकेन्ड बोल्नुहोस माननीयज्यू’ भनेपछि उनले बलात्कारको घटनाको विषयमा थप बोल्न थाले। १० मिनेट ५० सेकेन्डमा बोल्न सुरु गरेका कँडेलको ११ मिनेट २० सेकन्डमा माइक काटिएको थियो।

कँडेलले सुनौल नगरपालिकाको कीर्तिपुरमा दुई बालिकामाथि प्रहरीबाट बलात्कार भएको छ भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताएका थिए। उनले भने, ‘निर्मला पन्तको जस्तै गोलमोटोल गरी अपराधी अगाडि ल्याइएन भने सशक्त आन्दोलनमा जानु पर्दछ।’ यसअघि सभामुख महराले काग्रेस सांसद गगनकुमार थापाले विशेष समयमा बोल्ने क्रममा समय बाँकी नै रहँदा माइक काटिएको थियो। त्यसमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आपत्ति जनाउँदै संसदको घडी विग्रिएछ सच्याउनु प¥यो भनेर ध्यानाकर्षण गराएका थिए।

सभामुख कृष्णबहादुर महराले गत पुस १३ गतेको संसद् बैठकमा विशेष समयमा बोल्नका लागि ४ मिनेटको समय दिए पनि कांग्रेसका सांसद थापाको समय पुग्नुअघि नै माइक काटेका थिए। ‘‘लोकतन्त्र प्रणाली छिटोछिटो परिणाम होइन। सरकारले काम गर्न नजानेपछि यस्ता कुतर्क आउने गरेका छन्। कर्मचारी समायोजनमा यी थाङ्नेहरू हुन भनेर घोक्राएर पठाउँ ने काम गर्न थालेको छ कि यसबारे केही सोच्ने हो’ भन्दै गर्दा थापाको माइक काटिएको थियो।। प्रमुख सचेतक खाँणले आपत्ति जनाउँदा सभामुखले संसद्को रेकर्डमा निर्धारित समय भन्दा ३० सेकेन्ड बढी बोल्नुभयो भन्दै जवाफ दिएका थिए। तर, खाँणले सो कुरा नमानेपछि सभामुखले यसलाई हामी के भएको हो हेर्छौ भनेका थिए।

प्रकाशित: ८ जेष्ठ २०७६ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App