८ वैशाख २०८१ शनिबार
अन्य

लोकमानले सबैको भाले सातो उडाए: ढकाल

संसदमा पेश भएकाे महाभियाेग प्रस्तावकाे समर्थन गर्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तावका समर्थक एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख कार्कीले सबै क्षेत्रको भाले सातो लिएको टिप्पणी गरेका छन्। मंगलबार संसदमा पेश भएको महाभियोग प्रस्तावको समर्थन गर्दै ढकालले कार्कीले राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलका नेताहरुको सातो लिएको बताएका हुन्।  उनले मुलुकमा गणतन्त्र स्थापना भएपनि कार्कीले शाही शासन कालजस्तो व्यवहार गरेको गुनासो गरे।

प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, राजनीतिक दल, निजामति कर्मचारीलगायत सबै क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत लोकमानसिंहले प्रताडित गरेको उनले बताए।  ‘व्यक्ति व्यक्तिका कुरा मात्र होइन,’ उनले भने,‘ सशस्त्र प्रहरीका जिवित रहेका चारैजना आइजिपीमाथि भ्रष्टाचारको मुद्दामा तानिए।’ उनले  महाभियोग प्रस्ताव सत्ता समिकरणसँग कुनै साइनो नभएको उल्लेख गरे। महाअभियोगको प्रस्तावलाई

राजनीतिक दलविषेशको आँखाले नहेरी सांसदहरुको साझा प्रस्तावको रुपमा यसलाई अघि बढाउन उनले आग्रह गरेका छन्। शक्ति उन्मादको हलले माथि गएका लोकमानले आफ्नो पक्षमा नआउनेलाई प्रताडित गर्ने गरेको अनेकौं उदाहरण रहेको उनले बताए। भूकम्पपछि संविधान निर्माण गर्ने बेला दलहरुबीच भएको जस्तै सहमति महाअभियोगकको प्रस्तावमा पनि हुनुपर्ने उनले बताए।

 

प्रकाशित: ९ कार्तिक २०७३ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App