८ वैशाख २०८१ शनिबार
भिडियो

भोलि सरकारमा जान नै छाया सरकार बनाइएको हो

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले छाया सरकार नौलो अभ्यास नभएको बताएका छन्। पार्टीको संसदीय दलले सोमबार छाया सरकार गठन गरेर शिक्षा मन्त्रालयको समन्वय समितिको जिम्मेवारी दिएका बेला मंगलबार नागरिक न्यूजसँग कुरा गर्दै नेता थापाले संसदीय प्रजातन्त्र भएको मुलुकमा छाया सरकारको अभ्यास हुँदै आएको बताए।

नेपालमा कांग्रेसले २०६४ सालको संविधानसभापछि अभ्यास गरेको उनको भनाई थियो। ‘म त्यो बेलामा प्राकृतिक साधन समितिमा थिए। त्यो असफल भयो। व्यक्तिलाई जिम्मा नतोकेर समूहलाई दिँदा विवादित भयो। बैठक नबस्ने तथा अन्य गतिविधि पनि भएन’, उनले भने। 

अहिले पनि व्यक्तिलाई जिम्मा नदिएर समूह बनाइएकोमा उनले असहमति जनाए। ‘कुनै पनि व्यक्तिलाई स्याडो मिनिस्टरको जिम्मा नदिएर ३ जनाको समूहमा जिम्मा दिएपछि कसरी चलाउने?’ उनले प्रश्न गरे, ‘कार्यविधि बनाउनुपर्यो। दलको नेताले के अपेक्षा गर्छ? कार्यविधिका आधारमा यो परिणाम चाहिएको छ भन्नुपर्यो।’ 

छाया सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका थापाले आफ्ना तीन वटा कार्ययोजना सुनाएका छन्। हेर्नुहोस उनका तीन योजना भिडियोमा:

प्रकाशित: ७ जेष्ठ २०७६ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App