४ वैशाख २०८१ मंगलबार
समाज

विप्लवका पाँच जना नेता पक्राउ

पक्राउ परेका भेरी व्यूरो प्रमुख वलबहादुर वली रसुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ।

सुर्खेत– प्रहरीले सुर्खेत, जाजरकोट र मुगुबाट मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले सुर्खेतबाट केन्द्रीय सदस्य एवम् भेरी इन्चार्ज प्रमुख बलबहादुर वली ‘सितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यमराज’लाई पक्राउ गरेको छ। दुबै जनालाई मंगलबार विहान भेरीगंगा नगरपालिका–५ भर्लेनीबाट पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले जानकारी दिए। उनीहरुको साथबाट विभिन्न सिमकार्ड, मोवाइललगायतका अन्य बन्दोबस्तीका सामानहरु बरामद गरिएको डिआइजी शाहले जानकारी दिए।

जाजरकोटबाट विप्लवका जिल्ला जनसरकार प्रमुख पक्राउ गरेका छन्। कुसेगाउँपालिका–२ का हरिचन्द्र जैसी ‘अनुकुल’लाई पक्राउ गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ। मुगुको छायानाथ रारा नगरपालिका–१२ का गाउँ कमिटी सदस्य दीपकबहादुर साउँद र जिल्ला कमिटी सदस्य अजपाल बुढा ‘उज्वल’लाई पनि प्रहरीले पक्राउ गरेको छ। ‘पक्राउ परेका विप्लव समूहका कार्यकर्तालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ’ उनले भने।

प्रकाशित: ७ जेष्ठ २०७६ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App