काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले अख्तियार प्रमुख कार्कीले आफुलाई कानुन भन्दा माथि राखेकोले महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्वको महाअभियोग प्रस्तावबारे बोल्दै महाअभियोगका प्रस्तावक समेत रहेका शाहीले अख्तियार प्रमुखले आफ्नो पदको दुरुपयोग गर्दै आतंक सिर्जना गरेको बताए।
कार्कीले जनताको आँखामा छारो हाल्न सानलाई कारबाही गर्दै आफु अर्वौको भ्रष्टाचारमा सहभागि हुने गरेको आरोप लगाए। उनले व्यवस्थापिका र कार्यपालिकाका कामलाई समेत प्रभावित पार्ने गरेको बताए।
अख्तियार प्रमुखमाथि महाअभियोग प्रस्ताव संस्था कमजोर बनाउन नभइ संवैधानिक निकायलाई बलियो बनाउन ल्याइएको शाहीको धारणा थियो।
शक्तिले मानिसलाई भ्रष्ट बनाउने बताउँदै उनले लोकमाले निरपेक्ष शक्तिको अभ्यास गरेर राज्यलाई पंगु बनाउन खोजेको भनाई व्यक्त गरे।
भिडियो
प्रकाशित: ९ कार्तिक २०७३ ०९:५३ मंगलबार