coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अमेरिकी पेस्तोल छाडेर भागेका अभियुक्त समातिए

सर्लाही– दुई थान अमेरिकी पेस्तोल तथा त्यसमा लाग्ने गोली छाडेर भाग्न सफल अभियुक्तलाई पक्राउ गरिएको सर्लाही प्रहरीले दाबी गरेको छ।

हरिपूर्वा नगरपालिका–७ निवासी ३६ वर्षीय संजय राय यादवलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार २०७५ पुस २४ हरीपुर्वा नपा–९ स्थित बसतपुर टोल निवासी रामविश्वास रायको दुई वटा श्रीमतीहरुको विवादको विषयमा जय नारायण यादवको घरमा छलफल भईरहेको अवस्थामा जेठी श्रीमतीको तर्फबाट  सहभागी संजय कुमार यादवले अन्यलाई पेस्तोल देखाएर धम्काएका थिए।

ना ३१ प २२२९ नं मोटरसाईकलमा आएका यादवले छलफलमा बसी रहेका जय नारायण यादवमाथि एक्कासी पेस्तोल झिकी ताक्न खोज्दा जय नारायण यादवसहित स्थानीय व्यक्तिहरुले प्रतिकार गरेपछि सोही ठाउँमा मेडईन युएसए लेखिएको २ थान पेस्तोल तथा २ वटा म्याग्जीन र ६ राउण्ड गोली फालेर फरार भएको प्रहरीको दाबी छ।

जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भई फरार रहेका यादवलाई विशेष सुराकीका आधारमा मंगलबार हरिपूर्वाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App