७ वैशाख २०८१ शुक्रबार
समाज

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

डोल्पा– शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा अवैध रुपमा यार्सागुम्बा संकलन गरिरहेका १३ जना पक्राउ परेका छन्। जगदुला गाउँपालिका–१ अन्तरगत पर्ने लसुनपानी यार्सापाटनमा अबैध रुपमा यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा निकुन्ज कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जगदुला गाउँपालिका–१ का नानसि विक, मानबहादुर नेपाली, जलकुमारी विक, सुरज विक, क्याम विक–५ का तिर्ख विक, राजे विक, राजेन्द विक, राजकुमार विक र रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१३ का शसिराम विक, मोहन विक, कमल पुन र चौरजहारी नगरपालिका–९ का निराजन सुनुवार रहेका छन्। पक्राउ परेकामा एक बालिका ३ बालक २ महिला र ७ जना पुरुष छन्।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको ताईजम्म पोष्टस्थित निकुञ्ज कर्मचारी र नेपाली सेनाको गस्ती टोलीले जेठ ५ गते पक्राउ गरि ६ निकुञ्ज ताईजम्म पोष्टलाई बुझाएको कारवाहीको लागि आवश्यक अनुसन्धान भइरहेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले बताए।

प्रकाशित: ७ जेष्ठ २०७६ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App