coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

नेपाली मुलका शर्मा बेलायतमा मेयर निर्वाचित

लण्डन- पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका छन्। बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा  निर्वाचित भएका  हुन्।

सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच को निर्वाचनमा शर्मा दुई तिहाई मत प्राप्त गर्दै  उक्त पदमा पुग्न सफल भए। शर्माले स्थानीय आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको रुपमा हेड अफ डिपार्टमेन्टको जिम्मेवारी समेत समाल्दै आएका छन्।

शर्मा यसअघि सो क्षेत्रमा तीन पटकसम्म काउन्सिलर र उपमेयरमा समेत निर्वाचित भएका थिए। मेयर पदमा निर्वाचित भए पछि शर्माले नागरिक न्युजसंग कुरा गर्दै आफ्नो क्षेत्रमा नेपाली समुदाय र बेलायतीबीच रहेर पुलको रुपमा काम गर्ने वताए।

उनले आफ्नो क्षेत्रमा हाउजीङ, बेरोजगार लगायतको समस्या रहेको वताउँदै आगामी दिनमा समुदायतको आकांक्षा पुरा गर्न तल्लिन रहने वताए। शर्माले नेपाल र बेलायतबीचको सम्वन्धलाई जनस्तरमा लैजान समेत पहल गर्ने बताए।  

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App