coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचथर हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित ५० प्रहरी परिचालन, नाकामा कडा निगरानी

काठमाडाैं - पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा भएको ९ जनाको विभत्स हत्याको छानबिन गर्न तालिमप्राप्त कुकुरसहित ५० जना प्रहरीको टोली घटना स्थलमा पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी),  संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयइलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए।

हत्या प्रकरण रहस्यमय बनिरहेका घटनाको सत्य तथ्य छिटो भन्दाछिटो बाहिर ल्याउन विभिन्न कोणबाट अनुसन्धान गर्न आवश्यक प्रहरी परिचालन गरिएको प्रवक्ता पोखरेलले बताए। उनले भने,' यस्ता गम्भीर प्रकृतिका घटनामा तत्काल अनुसन्धान गर्नकाे लागि जिल्लाबाट बाहिर निस्कने नाकामा काडा निगरानीका साथै चेकजाँच गर्छाैँ।'

सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वमा तीन प्रहरी अनुसन्धान गर्न घटनास्थल तर्फ लागेको सीआइबीका प्रवक्ता एसपी सुदिप गिरीले बताए। त्यसैगरी संघिय प्रहरी कार्यालय धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको १५ जनाको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।

त्यसैगरी इलाम प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बुढाथोकीको नेतृत्वमा २७ जनाको टोली अनुसन्धानको लागि घटना स्थलमा पुगेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ भने इलाका प्रहरीका कार्यालय दशमीका प्रहरी पनि घटनास्थलमा परिचालित छन्।

मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति ससुरा–ज्वाँई दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको घटना दुबैको वंश नास गर्ने योजनाबाट प्रेरित भएको  प्रारम्भिक अनुमान गरिएको छानविनमा खटिएका प्रहरी अधिकारीहरु बताउँछन्।

२ परिवारमा १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्मा सहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्। हत्याको योजना बुन्नेले १० जनालाई मार्ने र दुबै परिवारको बंश नास गर्ने योजना बनाएको हुनसक्ने अनुमानमा प्रहरीले घटनाको अध्यन अगाडि बढाएको स्राेतले जानकारी दिएको छ।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App