८ वैशाख २०८१ शनिबार
राजनीति

महाअभियोगबारे कांग्रेस भोटिङमा मात्र खुल्ने

काठमाडौं– अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावका विषमया नेपाली कांग्रेस भोटिङमा मात्र खुल्ने भएको छ।  कांग्रेस केन्द्रीय समितिले संसदमा पेश भएको महाभियोग प्रस्तावका विषयमा कुनै ठोस धारणा तय नगरी भोटिङको समयमा मात्र खुल्ने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।

‘महाभियोग प्रस्ताव कानुनी र संसदमा पेश भएको विषय हो,’ पौडेलले भने,‘यो विषयमा संसदले गठन गरेको महाभियोग सिफारिस समितिमा निष्पक्ष छानविन हुनुपर्छ। कुनै प्रभाव पार्ने काम हुनुहुँदैन। यसविषयमा भोटिङ हुने समयमा कांग्रेसले उचित निर्णय लिन्छ।’

कांग्रेस केन्द्रीय समितिमा गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डे  र सुरेन्द्रराज पाण्डेलगायतले कार्की विरुद्ध संसदमा दर्ता महाअभियोगका विषयमा पार्टीले तत्काल निर्णय गर्नुपर्ने धारणा राखेका थिए।  उनीहरु बैठकमा कार्कीलाई महाभियोग लगाउनुपर्ने पक्षमा उभिएका थिए।

महाअभियाेग प्रस्ताव न्यायिक निरूपणकाे विषय भएकाे भन्दै महाभियाेग सिफारिस समितिकाे प्रतिवेदन नअाएसम्म पक्ष विपक्षमा उभिनु कानुनी राज्यकाे विरूद्ध हुने

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले महाअभियाेग प्रस्ताव न्यायिक निरूपणकाे विषय भएकाे भन्दै महाभियाेग सिफारिस समितिकाे प्रतिवेदन नअाएसम्म पक्ष विपक्षमा उभिनु कानुनी राज्यकाे विरूद्ध हुने बताए। 'अहिले नै यस विषयमा धारणा बनाउनु उपयुक्त कुरा हाेइन', उनले भने, ' समितिकाे प्रतिवेदन नअाएसम्म धारणा ल्याउनु उचित हाेइन।' उनले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए।

एमाले र माओवादी केन्द्रका १५७ सांसदले बुधबार संसदमा कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। प्रमुख दुई दल एमाले र माओवादी केन्द्रले महाभियोग प्रस्तावलाई सफल बनाउन आफ्ना सांसदहरुलाई निर्देशन दिइसकेका छन्। यता संसदको ठूलो दल कांग्रेसले भने महाभियोगका विषयमा अझै स्पष्ट धारणा बनाउन सकेको छैन।  पार्टीका अधिकांश कार्यकर्ता र जनताको दबाब कांग्रेसमाथि दबाब परेपनि कांग्रेस भने यो विषयमा स्पष्ट भएको छैन।

बैठकले स्थानीय निकायकाे निर्वाचनकालागि तयारी थाल्ने, स्थानीय निकायकाे पुर्नसंरचनाका विषयमा सबै दलसँग छलफल गर्ने,  संविधान संशाेधन र कार्यान्वयनलागि सबै दलसँग छलपफल गर्ने निर्णय गरेकाे छ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App