ठमेल तताउँदै कक्कड

मङ्गलबार, ०७ जेठ २०७६, ०९ : २४ नागरिक

काठमाडौं – बलिउड गायिका नेहा कक्कडले आगामी जेठ २५ गते काठमाडौंको ठमेल तताउने भएकी छन्। पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत हुन लागेकी उनले ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा पारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेहा कक्कड लाइभ’ मा आफ्ना लोकप्रिय गीतमार्फत दर्शक तताउने भएकी हुन्।

आयोजक संस्थाका प्रमुख दीपक घिमिरे र जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्ती अनुसार कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रबार आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं ओर्लिनेछिन्। कन्सर्टमा कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ‘इन्डियन आइडल’का टप टेन प्रतिस्पर्धीहरूसमेत कुल १८ जना संगीतकर्मीहरूको समूहले ‘नेहा कक्कड लाइभ’मा प्रस्तुती दिनेछ। कन्सर्टमा नेपाली गायकगायिकाहरूको पनि सहभागिता रहने छ।

गायिका कक्कडले ‘इन्डियन आइडल सिजन–२’ सांगीतिक यात्रा प्रारम्भ गरेकी हुन्। सांगीतिक परिवारमा हुर्किएकी कक्कडले ‘इन्डियन आइडल सिजन–१०’ मा निर्णायकको जिम्मेवारी पुरा गरिसकेकी छन्। सन् २००८ मै पहिलो एल्बम ‘रक स्टार’ सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरू गाइसकेकी छ्न् ि। उनका लोकप्रिय गीतहरूमा ‘इस्मे तेरा घाटा’, ‘मिले हो तुम हमको’, ‘काला चस्मा’, ‘आ“ख मारे’, ‘कोकाकोला’, ‘नैना’, ‘गल्ली गल्ली’, ‘दिलबर दिलबर’, ‘सावन आया है’, ‘धटिङ नाच’, ‘लण्डन थुमक्डा’, ‘दो पेग मार’, ‘मैं तेरा ब्वाइफ्रेण्ड’ आदि छन्।

आयोजक घिमिरेले कार्यक्रमका लागि अग्रिम बुकिङ शुरु भइसकेको बताए। यसअघि दीपकले बलिउडका पाश्र्वगायक कुमार सानुलाई नेपाल ल्याएर सांगीतिक कार्यक्रम गरिसकेका छन्।






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad