coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेमकथामा ‘माया बस्छ कि के हो’

काठमाडौं – प्रेमकथाका फिल्म बन्ने लहर चलिरहँदा आइतबारबाट नयाँ प्रेमकथाको फिल्म ‘माया बस्छ कि के हो’ थपिएको छ। निर्देशक राजु अधिकारीको निर्देशनमा बन्ने फिल्मको आइतबार राजधानीमा घोषणा गरियो।

जनपुकार मिडिया हाउसको ब्यानरमा शरद अधिकारी प्रस्तुकर्ता रहेको फिल्मबाट सोनाल तामाङ र कस्मता निरौला नायकनायिकाका रूपमा ‘डेब्यू’ गर्दैछन्। फिल्ममा सोनाल र कस्मतासँगै बेलायत निवासी ध्रुव दत्त र बेल्जियम निवासी बेनी ढुंगानाको पनि अभिनय रहनेछ।

बहादुरसिंह तामाङ(लामा) र कृष्ण गिरी कार्यकारी निर्माता रहेको फिल्म बेलायत, स्कटल्यान्डलगायत युरोपका विभिन्न देशमा खिचिनेछ। फिल्ममा रविन्द्र बरालको छायांकन, अर्जुन पोखरेलको संगीत, आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा र संबाद हुनेछ।  फिल्म असारको दोस्रो साताबाट छायांकनमा जानेछ।

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App