६ वैशाख २०८१ बिहीबार
खेल

सावित्राको गोल लय निरन्तर

काठमडौं – नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले आफ्नो गोल लयलाई निरन्तरता दिएसँगै सेथु एफसी सेन्ट्रल महिला फुटबल टिम(एसएसबी)लाई  निराश पार्दै भारतीय महिला लिगको फाइनलमा  प्रवेश गरेको छ ।

सोमबार भएको सेमिफाइनलमा सेथुले एसएसबीमाथि ८–१ को रबाफिलो जित हात पारेको हो । यस क्रममा सावित्राले ४ तथा ग्रेसले ३ र रतनबालाले १ गोल गरे । सावित्राले ४१,५९,६५ र ९०औं मिनेटमा गोल गरिन् भने गे्रसले १३,४८ र ५२औं मिनेटमा बललाई पोस्टको दिशा दिएकी थिइन् । त्यस्तै रनतबालाले ७१औं मिनेटमा एक गोल गरेकी थिइन् ।

भारतीय महिला लिगको जारी सिजन सावित्राको यो १४औं गोल हो । यसअघि सावित्राले आइतबार कोहलपुर सिटी र मणिपुर पुलिस स्पोर्टिङ  एकेडेमीविरुद्धसमेत ह्याट्रिक पूरा गरेकी थिइन् । सेथुले यसै सिजनका लागि सावित्रासँगै अनिता बस्नेतलाई टोलीमा अनुबन्धन गरेको थियो ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App