coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एलेग्रीको बिदाइ खल्लो

रोम – एट्लान्टासँग १–१ को बराबरीमा रोकिएसँगै इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सका प्रशिक्षक म्यासिमिलियानो एलेग्रीको बिदाइ खल्लो बनेको छ। यता युभेन्ट्ससँगको बराबरीपछि एट्लान्टाले क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको छ। एलेग्री पछिल्लो ५ सिजन क्लबमा रहँदा टोलीले ११ वटा ट्रफी जिते पनि युभेन्ट्सको व्यवस्थापनले एलेग्रीसँगको सम्झौता नलम्ब्याउने निर्णय गरेको थियो। रंगशालामा उपस्थित हजारांै समर्थकले एलेग्रीको समर्थनमा नारा लगाएका थिए। यद्यपि एलेग्रीले समेत टोलीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन्। युभेन्ट्सले यसअघि नै लगातार आठौं पटक च्याम्पियन्स लिगको उपाधि पक्का गरिसकेको थियो। एलेग्रीको प्रशिक्षणमा टोलीले हात पारेको यो लगातार पाँचांै सिरी ‘ए’ उपाधि हो।

औपचारिक रूपमा भने आइतबारको खेलपछि मात्र युभेन्ट्सलाई जारी सिजन सिरी ‘ए’ को उपाधि दिइएको थियो। यसै सिजन क्लब भित्रिएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको यो पहिलो सिरी ‘ए’ उपाधि हो। त्यस्तै इटालीका विश्वकप विजेता खेलाडी आन्द्रिया बार्जाग्लीले समेत आठ वर्षपछि युभेन्ट्सको घरेलु मैदान टुरिनमा अन्तिम खेल खेलेका थिए। उनी ६०औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।

३३औं मिनेटमा जोसेफ इलिसिचले गरेको गोलमा एट्लान्टाले अग्रता लिएको थियो। खेल सकिन १० मिनेट बाँकी हुँदा मारियो मान्डजुकिचले बललाई पोस्टको दिशा दिँदै युभेन्ट्सलाई हारको संघारबाट जोगाएका थिए। यस नतिजापछि लिग विजेता युभेन्ट्सको ३७ खेलमा ९० अंक छ। समान खेल खेलेको नेपोली ७९ अंकका साथ दोस्रो स्थानमा छ भने समान ६६ अंकका साथ एट्लान्टा र इन्टर मिलान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। एसी मिलान ६५ अंक जोड्दै पाँचांै स्थानमा छ।

यस बराबरीपछि एट्लान्टाले पहिलो पटक च्याम्पियन्स लिग छनोटको सम्भावना बढाएको हो। लिगको अन्तिम खेलमा सासौलोलाई पराजित गरेमा टोली शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुनेछ। समान अंक जोडेको इन्टर मिलानले नेपोलीलाई ४–१ को नतिजा सुम्पिएसँगै एट्लान्टाले हेड टु हेडको आधारमा पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो। युभेन्ट्स र नेपोली यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका छन्। बाँकी दुई स्थानका लागि एट्लान्टाका साथै इन्टर र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ। इन्टरले अन्तिम खेलमा रेलिगेसन टार्न संघर्षरत इम्पोलीको सामना गर्नेछ। यसै सिजन क्लब भित्रिएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको यो पहिलो सिरी ‘ए’ उपाधि हो।

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App