७ वैशाख २०८१ शुक्रबार
राजनीति

लोकमानलाई अख्तियार प्रमुख बनाउनु नै बेठिक थियोः कोइराला

अर्घाखाँची–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले लोकमानसिंह कार्कीको नियुक्ति गलत पक्रियाबाट भएको बताएका छन्। प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले  नियुक्ति गर्न हुँदैन भनेर आफूले पार्टी देखि राष्ट्रपतिलाई समेत अनुरोध गरेको भए पनि कसैले नसुकेको बताए। उनले बिरोध गरेकै कारणले  लोकमान र आफू एकै ठाउँको भए पनि राम्ररी बोलचालसमेत नहुने गरेको बताए।

उनले सत्ताको नेतृत्व गरेको पार्टी माओवादी केन्द्रले सरकारमा सामेल कांग्रेससँग सल्लाह नै नगरी प्रमुख प्रतिपक्ष पार्टी एमालेसँगको साढगाढमा गरेर प्रस्ताव ल्याइनु बेठिक भएको बताए।

उनले कांग्रेसले लोकमानको महाअभियोगको विषयमा हतारमा निर्णय नलिने बताए। ‘लोकमानलााई महाअभियोग लगाएर हटाउने विषयमा कांग्रेसभित्र पनि चर्को रुपमा कुरा उठेको छ,’ उनले भने, ‘लहडमा कांग्रेसले निर्णय गर्दैन।’

उनले अहिले लाकमानको विषय उठाएर एमाले÷माओवादी केन्द्रले संविधानलाई निष्क्रिय बनाउन खोजेको आशंका पैदा भएको बताए। ‘युवा, विद्यार्थी, नागरिक समाज र मिडियाले बिरोध गरेको आधारमा कांग्रेसले हतारमा निर्णय गर्दैन,’ उनले दो¥याए। उनले संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचनको विषयमा पछिल्ला दिनमा कुनै पनि मिडियाले समाचार प्रकाशन/प्रशारण नगरेको बताए। उनले संवैधानिक निकायमा अराजकता बढ्दै गएको बताए।

‘सुप्रिम कोर्टको चिफले अख्तियार प्रमुख बेठीक भनेर मिडियामा अन्र्तबार्ता  दिनु ठिक थिएन,’ उनले भने, ‘पदीय दायित्व र मर्यादालाई ख्याल गरेर बोल्नु पर्छ।’ उनले सर्वोच्च अदालतले अख्तियार प्रमुखको योग्यता र दक्षताको विषय उठाएर पद मुक्त गर्न सक्ने भन्दै त्यतातर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताए। उनले एमालेलाई उपेक्षा गरेर संविधान संशोधन हुन नसक्ने बताए।

‘संविधान जारी गर्ने बेला मधेसी मोर्चालाई उपेक्षा ग¥यौं,’ उनले भने संशोधन गर्दा एमालेलाई उपेक्षा ग¥यौं भने फेरी अर्को  ठूलो भुल हुन्छ।’ उनले ठूला तीन दल र मधेसी मोर्चा एक ठाउँमा नआई संविधान कार्यान्वयन हुन नसक्ने भन्दै सहमतिमा देशलाई निकास दिनुपर्ने बताए।  उनले संविधान संशोधन गरी मधेसी मार्चालाई सहमतिमा ल्याउनुपर्ने बताए।
 
 

प्रकाशित: ९ कार्तिक २०७३ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App