८ वैशाख २०८१ शनिबार
खेल

मंगलबारदेखि ‘सी’ डिभिजन छनोट

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षका लागि ‘सी’ डिभिजन लिग छनोट चरण मंगलबारबाट सुरु गर्दै छ । एन्फाले सोमबार सार्वजनिक गरेको खेलतालिकाअनुसार छनोट चरणमा ३८ क्लबले प्रतिस्पर्धा गर्नेछन् । छनोट चरणका खेलहरू सातदोबाटोस्थित एन्फा मुख्यालय र बुद्धिविकास खेलमण्डलमा हुनेछन् । उद्घाटन खेलमा एफसी एसले सरस्वतीनगर स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

एन्फाले सहभागी ३८ टोलीलाई १२ समूहमा विभाजन गरेको छ । समूह ए, बी, सी, डी, ई, एफ, जी, एच, आई र जेमा समान ३ टोली छन् भने के र एल समूहमा समान ४ टोली छन् ।

प्रत्येक समूहको विजेता टोली नकआउट चरणमा प्रवेश गर्नेछ, जहाँ छनोट भएका २४ टोलीलाई समेत तीन समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ । तीन समूहका विजेता टोली ‘सी’ डिभिजनमा छनोट हुनेछन् ।
क्वालिफायरका खेल एन्फा कम्प्लेक्सको मैदान र बुद्धिविकास खेलमण्डलमा हुनेछन् ।

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App