coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी दूतावास नजिक विस्फोट

बग्दाद – इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास नजिकको ग्रिन जोनमा आइतबार विस्फोटको आवाज सुनिएको अधिकारीहरुले बताएका छन्।

सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै स्पुटनिक समाचार समितिले जनाएअनुसार विस्फोटबाट कुनै क्षति भएको छैन। इराकी अधिकारीले सो घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् तर अमेरिकी दूतावास नजिकै ठूलो विस्फोटको आवाज आएको स्थानीय सञ्चारमाध्यमले पनि जनाएका छन्।

संयुक्त राज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको केही दिनभित्रै बग्दादस्थित उसको दूतावास नजिक विस्फोटको आवाज आएको हो। अमेरिकी विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई इराक भ्रमण नगर्न अनुरोध गरेको छ। अमेरिकाले इराकसमेत समग्र मध्यपूर्वमा आतंकवाद, अपहरण र सशस्त्र द्वन्द्वको अवस्था रहेको भन्दै अमेरिकी नागरिकलाई यस क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन यसअघि नै भनेको थियो।
 

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App