coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्कुट एयरवेजको विमान आकस्मिक अवतरण

सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको स्कुट एयरवेजको विमान। तस्बिर : एजेन्सी

चेन्नाई – सिंगापुरतर्फ उडिरहेको स्कुट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।  एससिओ ५६७ विमानका पाइलटले विमानभित्रको कार्गोमा धुँवा देखेपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको विमानस्थलका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

सिंगापुर आधारित स्कुट एयरवेजको सो विमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो। विमानमा एक सय ६१ जना यात्रु र चालक दलका सदस्य सवार थिए। विमानका सबै यात्रु सकुशल रहेको पनि विमानस्थलले जनाएको छ। विमानमा देखिएको समस्याका बारेमा अनुसन्धान सुरु भएको बताइएको छ।

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App