८ वैशाख २०८१ शनिबार
राजनीति

असहजता र अभावमै नगरप्रमुखका दुई वर्ष

रामेछाप - मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले सोमवार आफ्नो कार्यकालको दुई वर्षको अवधिमा नगरपालिकामा भएका गतिविधि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा असहजता र अभावमा काम गर्नु पर्दा समस्या भएको बताएका छन्। आफ्नो कार्यकालको दुई वर्ष बितिसकेको अवस्थामा नगरपालिका विधिको शासनमा भने केही चुकेको उल्लेख गरेका छन्।

नगरपालिकाद्वारा भए गरेका कामको सार्वजनिकीकरण र आगामी कार्ययोजनाबारे जानकारी गराउन र सञ्चारकर्मीबाट सुझाव लिने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा नगरप्रमुख बस्नेतले विकासमा विगतकै चलन यथावत रहँदा विकासको अवधारणामा परिवर्तन गर्न नसकिएको बताए।

उनले भने, ‘नगरपालिकामा काम धेरै ग¥यौं तर देखिने किसिमका काम नै हुन सकेन, विकासको विगतका मोडलमा परिर्वतन हुन नसक्दा काम गर्न समस्या भयो।’ सबैले कानुनी अधिकारको प्रयोग गर्ने हो भने समस्या नहुने बताउँदै बस्नेतले नगरमा केही समस्या र जटिलता रहेको बताए। उनले बलमिच्याइँले काम गर्दा समस्या निम्तिएको बताए। उनले समस्या र अभावबीच नै काम गर्नु पर्दा नगरबासीमा निराशा छाएको र जुन स्वभाविक रहेको बस्नेतको ठहर छ। नगरवासी निराश भई नहाल्न र बाँकी रहेको आफ्नो कार्यकालमा केही गरेर देखाउने समेत उनले उल्लेख गरेका छन।

मन्थलीको विकासका सन्दर्भमा बोल्दै भने कुनै बेला कसैले मन्थलीमा घुम्नलायक ठाउ कहाँ छ भनेर सोध्दा आफू लज्जित हुनुपरेको यथार्थलाई आधार बनाएर मन्थलीलाई फरक बनाउने सोचमा रहेको बताए। आफ्नो योजनाको कामका लागि सबैले साथ सहयोग गर्नसमेत आग्रह गरे। नगरमा भएका कमीकमजोरी पहिचान गरी सुधारका काम गर्न पत्रकारसँगको छलफललाई प्राथमिकतामा राखेर अन्तक्र्रिया गरिएको नगर प्रमुख बस्नेत जानकारी दिए। पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशील पत्रकारले नगरका काम र सञ्चालित गतिविधिका साथै जनप्रतिनिधिका जिम्मेवारीप्रति पनि सकारात्मक सुझाव प्रस्तुत गरेका थिए।

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App