coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद् अवरुद्ध गर्ने चेतावनी

काठमाडौं - प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए संसद अवरुद्ध गर्ने बताएको छ। बिहान ११ बजे बसेको बैठकको सुरुमा राष्ट्रिय जनता पार्टी सांसद चन्दा चौधरीले लाल आयोग प्रतिवेदन सार्वजनिक हुन नसक्नुको कारण माग्दै सुनुवाई नभए संसद् दैनिक अवरुद्ध गर्ने बताइन्।

तराईमा भएको हिंसात्मक घटनाको अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको अनुसन्धान आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा कतिपयले अनावश्यक रूपमा जेल जीवन बिताउनु परेको तथा संसद्मा निर्वाचित भएका रेशम चौधरीले जेल जीवन बिताउनु परेको उनले बताइन्।

सभामुखले धेरैपटक रुलिङ गरे पनि सरकारले यसलाई सार्वजनिक नगर्नुले जनतालाई अन्याय भएको उनले बताइन्। ‘न्याय सबै जनताले पाउनु पर्दछ,’ उनले भनिन्। सभामुख कृष्णबहादुर महराले भने, ‘सरकारलाई पर्याप्त ध्यान गएको मैले ठानेको छु, कारणसहित केही समयपछि सरकारले उचित जवाफ दिनेछ।’

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App