coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

औषधि उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

बुटवल -  रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्वर १ खुन्सामा रहेको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ। एसियन फार्मास्युटिकल प्रा.लि.मा आगलागी हुंदा करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालका अनुसार सोमबार दिउसो ४ बजेतिर आगलागी भएपनि डेढ घण्टासम्म दमकल नपुग्दा ठूलो क्षति भएको छ।

आगलागीबाट कम्तीमा ३० करोडको उत्पादित औषधि नष्ट भएको अनुमान गरिएको छ।आगलागीको कारणबारे अनसन्धान भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App