coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

अमेरिका – गैरआवासीय नेपाली संघ अमेरिकाको सम्पन्न निर्वाचनमा सुनिल शाहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए। दुई दिनसम्म गरिएको अनलाइन मतदानमा वरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बन्जाडे र महासचिवमा पशुपति पाण्डे निर्वाचित भएका छन्।

निर्वाचनमा कुल ८ सय ८ सय ३६ मत मध्ये ७ हजार १ सय ९१ मत खसेको थियो। अध्यक्षका अर्का प्रत्यासी सूर्य लम्सालको १ हजार ७ सय ९७ र संजय थापाको १ हजार ५ सय ५४ मत आएको छ।

शाहको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बञ्जाडे, महासचिवमा पशुपति पाण्डे विजयी भए। क्षेत्रीय उपाध्यक्षमा मिड वेष्टबाट बुद्धि सुवेदी विजयी भए भने नर्थ इष्टबाट बाबुराम लामा, साउथबाट कृष्ण जिवी पन्त र वेष्टबाट सर्वज्ञ वाग्ले विजयी भए। यसैगरी, सचिवमा अमृतबाबु कट्टेल, कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल, सहकोषाध्यक्षमा सन्तोषकुमार विष्ट विजयी भए। महिला संयोजकमा दीक्षा बस्नेत र विनोद रुवाली युवा संयोजकमा विजयी भए।

यसैगरी १२ जना बोर्ड अफ डाइरेक्टरमा सत्यनारायण चौधरी, धरम विश्वकर्मा, दुर्गा प्रसाद श्रेष्ठ, रामहरि खड्का, छत्रा गुरुङ, खिमविक्रम भट्टराई, अम्मर वि छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदमबहादुर ठकुराठी, वासुदेव अधिकारी र तिलव केसी विजयी भए।

यस्तैं ६ जना आइसिसी सदस्यमा शंकर खड्का, तृष्णा शर्मा, जेदुनाथ पोखरेल, शिवराज पौडेल, होमनाथ गौतम र स्वरात खाती निर्वाचित भएका छन्।

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App