coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकताका विषयमा भीम रावल र नारायणकाजी श्रेष्ठबीच मतभेद

काठमाडौं– नागरिकता बिधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ। सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलको फरक फरक विचार सार्वजनिक भए सँगै नेकपा भित्रको मतान्तर बाहिरिएको हो। 

नेता श्रेष्ठले नागरिकता विधेयकमा भएका धेरै प्रावधान संबिधानप्रदत्त भएको हुँदा सतही बिरोध गर्नुको कुनै अर्थ नरहेको बताए। बिधेयकमा प्रस्तावित भएको ब्यबस्था गलत भए संबिधानको मर्म र भावनालाई हेरेर संशोधन गर्न सकिने बताए। तर, नेता रावलले विधेयकमा भएका धेरै प्रावधान पहिलो दृष्टिमा नै संबिधान बिपरित देखिएको बताए।

प्रकाशित: ६ जेष्ठ २०७६ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App